फेसबुकमा गरिएको चरित्र हत्याको कारण आत्महत्या
नयाँ दिल्ली (एजेन्सी)–
फेसवुकको कारण कलकत्ताको बेहाला पार्नसारीकी एक छात्राले पासो लगाएर आत्महत्या गरेकी छिन् ।
फेसबुकमा बनाएको साथीले कथित रुपमा शोषण
गरेका कारण ११ कक्षामा पढ्ने एक छात्राले घाँटीमा पासो लगाएर आत्महत्या गरेकी छिन्
। छात्राले ६ पनाको सुसाइड नोट पनि लेखेकी छिन् जसका आधारमा पुलिसले मुख्य
आरोपीलाई पक्राउ गरेको छ । पुलिसले घटनाको छानविन गरिरहेको छ । घटना पश्चिमी
कलकत्ताको बेहाला पार्नसारी इलाकाको हो ।
सोही इलाकामा बस्ने एक १७ वर्षीया छात्राले
फेसबुकमा भएको शोषणसँग हार मानेर बुधबार आफ्नो कोठामा आत्महत्या गरेकी छिन् ।
छात्राद्वारा लेखिएको सुसाइड नोटमा उनलाई आफ्नो फेसबुक साथीले आत्महत्या गर्नका
लागि उक्साएको आरोप लगाएकी छिन् ।


0 comments
Write Down Your Responses