यौन र जवानीले फसाएको रात , संगै सुतेकी अन्जु मृत भेटिएपछी ...


डियर संचार, 
यौन र जवानीले मानिसलाई कहिलेकाही कतिसम्म फसाउन सक्छ भन्ने कुरा यस घटनावाट प्रष्ट हुन्छ । काभ्रे ढुंगखर्कका अमृतकुमार तिमिल्सिना र कालीमाटीकी अञ्जु परियारबीच गत सोमबार साँझ गोंगबुस्थित एक रेस्टुराँमा भेट भयो। चिनाजान नभएकी परियार तिमिल्सिनासँग गेस्टहाउसमा बस्न राजी भइन्। दुवै हानिए, गोंगबुस्थित म्यादी शिवालय गेस्ट हाउस। गेष्ट हाउसमा पाँच सय रुपैयाँ तिरेर कोठा नम्बर १०७ मा बसे। मदिरा पिएर सँगै सुते। बिहान तीन बजेतिर तिमिल्सिना उठेर अञ्जुलाई बोलाए। उनी बोलिनन्। घचघचाउँदा अञ्जुको मृत्यु भइसकेको रहेछ। रक्सी पिएर सुतेकी अञ्जुको मृत्युको दोष आफूलाई लाग्ने डरले तिमिल्सिनाले प्रहरीलाई बोलाए।

घटनास्थलमा महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी देवेन्द्रपालसहितको टोली पुगेर लासको मुचुल्का उठायो। शंकास्पद केही नभेटेपछि अनुसन्धानका लागि शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल पठायो भने तिमिल्सिनालाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखेको छ। अञ्जुको ब्यागमा फेला पारेको सहकारीको बुक र फोन डायरीमार्फत आफन्तलाई सम्पर्क गर्दा अञ्जुका पति भेटिए। अञ्जुले घर छाडेर हिँडेको लामो समय भइसकेको उनका पतिले जानकारी दिए। अञ्जुलाई यसअघि महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरिसकेको रहस्य खुल्यो।

0 comments

Write Down Your Responses