जलश्रोतको धनी देशमा पिउने पानीको हाहाकार , विरामीको लागी समेत छैन पानी ....


जाजरकोट,

 जलश्रोतको धनी देश तर जाजरकोट जिल्ला अस्पतालमा लामो समयदेखि खानेपानीको हाहाकार हुँदै आएको छ ।
अस्पतालमा ल्याइएको पाइपको लाइनमा जोडिएको ट्याङ्कीदेखि अस्पतालसम्मको लाइनलाई व्यवस्थित गर्न नसक्दा विगत दुई महिनादेखि खानेपानीको समस्या पर्दै आएको हो  । जिल्ला अस्पतालमा ल्याइएको खानेपानी पाइप लाइन बीचबीचमा फुटेका कारण पानी चुहावट हुने गरेको छ । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा भने जति पानी स्थानीय उपभोक्ता समितिले नदिँदा थप समस्या आएको छ ।
पानी नहँदा अस्पतालमा बिरामीले पेटभरि पानी पिउन नपाएको बताएका छन् । बिरामी भएपछि घरबाट नै अस्पतालमा पिउने पानी ल्याउनुपर्ने बाध्यता रहेको अस्पतालका कर्मचारीहरूले बताएका छन् । अस्पतालका श्ययाहरूमा राखिएका कपडाहरू सफा गर्ने पानी नहँुदा फोहर कपडा नै बिरामीले लगाउनुपर्ने बाध्यता रहेको अस्पतालले बताएको छ ।
स्वास्थ्यकर्मीहरू प्रत्येक दिन पालो लगाएर स्थानीय होलु खोलामा गएर नुहाउने गरेका छन् । खलङ्गा गाविसलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि पानीको अभावमा जिल्ला अस्पतालका शौचालयहरू फोेहरका कारण प्रयोग गर्न योग्य नै नभएको बिरामीहरू बताउँछन् ।

स्थानीय वुदवुदे खोलाबाट पञ्चायातकालमा निर्माण गरिएको खानेपानी आयोजनाले सदरमुकामवासीको दैनिक प्यास मेट्दै आएको छ । मुहानमा पानी नहुँदा प्रत्येक टोलमा पानीको लागि विद्युत्भार कटौती गरी आलोपालो गरी प्रत्येक दिन पानी वितरण गर्ने गरिएको छ । रासस



0 comments

Write Down Your Responses