प्रेमलाई शरिरको वनावटले कहाँ रोक्छर ? ३ सय ४७ किलो तौल भएकी पियर्स प्रेमीसँग विवाह गर्न चाहन्छिन् ।
एजेन्सी
अमेरिकाको आयोवा राज्यमा बस्ने ३ सय ४७ किलो तौल भएकी च्यारिटी पियर्स
प्रेमीसँग विवाहका लागी शरीर घटाउने प्रयासमा छिन् । १ बच्चाकी आमा समेत रहेकी ३८
वर्षीया यी महिलाका २२ वर्षका प्रेमी छन् । पियर्स प्रेमीसँग विवाह गर्न चाहन्छिन्
।
पियर्स टिएलसीको रियालिटी शोमा काम गर्न दिइएमा आफ्नो सपना पुरा हुने
बताउँछिन् । शोबाट प्राप्त हुने रकमले शल्यक्रिया गरेर शरीरलाई ठिक आकारमा ल्याउने
उनको रहर छ । अत्यिधक मोटोपनले हिड डुल गर्न पनि नसक्ने पियर्स सँधै घरभित्र नै
हुन्छिन् । चिकित्सकहरुले उनलाई तौल घटाएर २ सय २६ किलो सम्म पुर्याउन सुझाव
दिएका छन् । अव पियर्स टिएलसीको माइ ६०० पाउण्ड लाइफ नामक रियालिटी शोमा देखिने
तयारीमा छिन् ।
पियर्सलाई एक प्रकारको स्वास्थ्य समस्याका कारण यस्तो अवस्था आएको हो । उनको
बायाँ खुट्टो यति भारी छ कि उनी कारमा समेत बस्न सक्दिनन् । उनले खुट्टा तथा
ग्यास्ट्रिक बाइपास सर्जरी गर्न सके मात्र बँच्न सक्ने चिकित्सकहरुले बताएका छन् ।

0 comments
Write Down Your Responses