भारतीय प्रधानमन्त्री मोदीको चुनाव क्षेत्र वाराणसी रणभूमिमा परिवर्तन -वन्द विरोध र कर्फयू
सबै तिरबाट संकटमा मोदी
साधु-सन्तको प्रतिकार यात्राका भएको हिंसक झडपले भारतीय प्रधामनमन्त्री नरेन्द्र मोदीको चुनाव क्षेत्र बाराणसीमा बबाल मच्चिएको छ ।
सोमबार दिउँसो भएको झडपले हिंस्रक रूप लिएपछि पुलिसले वाराणसी शहरका चारवटा पुलिस स्टेशन अन्तर्गतका पूरै इलाकामा कर्फ्यू लगाइदिएको छ ।
कर्फ्यू लगाइएका पुलिस स्टेशनमा कोतवाली, दशाश्वमेध, लक्सा र चौक रहेका छन् । गोदौलिया, गिर्जाघर, चौक, दशाश्वमेधघाट मार्ग, मदनपुर र बाँस फाटक जस्ता इलाकामा प्रहरी तैनाथ गरी मानिसलार्इ प्रवेशमा रोक लगाइएको छ ।
पुलिसले शहरका मानिसलार्इ घरबाट निस्कन प्रतिबन्ध लगाएको छ । पुलिस र प्रदर्शनकारीबीच सोमबार रातिसम्म ढुंगामुढा र गोलीबारी गर्ने क्रम जारी छ ।
![]() |
मूर्ति विसर्जनका क्रममा भएको लाठीचार्जको विरोध |
केही दिनअघि मूर्ति विसर्जनका क्रममा भएको लाठीचार्जको विरोधमा सोमबार प्रतिकार यात्रा निकालिएको थियो । यो यात्रामा हजाराैं मानिस सहभागी भएका थिए ।
जुलुसका सहभागीहरू गोदौलिया पुग्नेवित्तिकै केही व्यक्तिहरूले पुलिसमाथि ढुंगा बर्साएपछि दंगा शुरू भएको हो । प्रदर्शनकारीले पुलिसको जीप र ४ वटा मोटरसाइकल पनि जलाइदिएका छन् ।

सामाजिक सञ्जालमाथि प्रशासनको निगरानी
बाराणसीका पुलिस कमिश्नर नितिन रमेश गोकर्णले बताए अनुसार यात्राका क्रममा असामाजिक तत्वले शान्ति र कानुन-व्यवस्था बिगार्ने कोशिश गरेका थिए ।
उनका अनुसार शहरमा अमनचैन बनाइराख्नका लागि कर्फ्यू लगाइएको छ । उनले शहरवासीलार्इ कुनै पनि प्रकारको अफवाहमा नलाग्न अपिल गरेका छन् ।
उनले अहिले बाराणसीको परिस्थिति प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिएका छन् । प्रहरीले प्रदर्शनपछि सामाजिक सञ्जाल, वेबसाइट, व्हाट्सएप र फेसबुकमा कडा निगरानी राखिरहेको छ ।

यदि यी माध्यमबाट कुनै पनि प्रकारको गलत सूचना या अफवाह फैलाएको पाइएमा त्यस्ता मानिसविरूद्ध मुद्दा चलाइने चेतावनी प्रहरीले दिएको छ ।
प्रतिकार यात्रामा भारतभरका साधु-सन्तका साथै साध्वी प्राची र चक्रपाणि महाराज पनि सहभागी भएका थिए ।
यस क्रममा विश्व हिन्दु परिषद्का साध्वी प्राचीले प्रशासनले मूर्ति विसर्जन घटनाबारे समाधानको कुनै विकल्प ननिकालेको बताए । उनले जबसम्म मुख्यमन्त्री अखिलेश यादव स्वयम् साधु-सन्तमाथि भएको लाठीचार्जबारे माफी माग्दैनन्न तबसम्म आन्दोलन जारी रहने बताए ।
दादरी मामिलालार्इ लिएर उनले भने, ‘एक तर्फ काशीमा सन्तमाथि लाठी बर्साइन्छ, अर्कातिर मूख्यमन्त्री गार्इ काट्नेलार्इ ४५ लाख रूपैयाँ दिन्छन् ।’
चक्रपाणिले भने- गोली खान काशी आएँ
चक्रपाणि महराजले सबै साधु सन्त मोदी सरकारबाट गोली खान काशी आएको प्रतिक्रिया दिए । अयोध्या, मथुरा, दिल्ली र महाराष्ट्रबाट पनि साधुहरू आन्दोलन चर्काउन काशीमा जम्मा भएका छन् ।
समाचार अनुसार यो प्रतिकार यात्रा वाराणसी विद्यामठका स्वामी अभिमुक्तेश्वरानन्दको अपिलमा निकालिएको हो ।
प्रतिकार यात्रा वाराणसीको टाउनहलबाट मैदागिन चौराहाबाट अघि बढेर चौक र गोदौलिया चौराहाबाट दशाश्वमेध घाटसम्म गएको थियो । अभिमुक्तेश्वरानन्द वाराणसीको विद्यामठका स्वामी तथा स्वामी स्वारूपानन्दका मूख्य चेला हुन् | साभार अन्नपूर्ण
असोज १९ ,२०७२
0 comments
Write Down Your Responses