रिलिज सरेको 'चंखे शंखे, पंखे' असोज ८ गते रिलिज हुने भएको छ । भूकम्पले रिलिज स्थिगित भएको सुदर्शन थापा निर्देशित 'चंखे शंखे पंखे'ले आफ्नो पूर्वनिर्धारित रिलिज मितिलाई फेरि परिवर्तन गर्दै एक महिना वर सारेको छ। यस अघि दशैमा रिलिज गरिने भनिएको फिल्म अब असोज ८ गते रिलिज हुने भएको छ। दशैंमा रिलिज हुने फिल्म संख्या बढेपछि निर्माण पक्षले आफ्नो रिलिज सारेको हो।
फिल्मको रिलिज मितिसारेसँगै फिल्मको नयाँ गीत 'फेसबुकले बिचल्ली पार्यो' बोलको गीत पनि सार्वजनिक गरेको छ। रिलिज गरिएको लोक शैलीको गीतमा रुपक डोटेल, भीम लिम्बु र रिकमान लिम्बुले स्वर दिएका छन् भने संगीत ताराप्रकाश लिम्बुको दिएका छन्। गीत एकनारायण भण्डारीले लेखेका हुन्। सन्तोष सेनको निर्माण रहेको फिल्ममा सुदर्शन थापा, सुवास थापा, प्रेम पुरी , पूजा शर्मा तथा प्रमोद अग्रहरिको प्रमुख भूमिका रहेको छ।
फिल्मलाइ बिग बजेट फिल्मका रुपमा प्रचार गरिदैं आइएको छ।
सेतोपाटीवाट

0 comments
Write Down Your Responses