कविता अधिकारी
काठमाडौं,९ भदौ–टीकापुर नवलको ब्लक नम्बर २१ का जंगबाहुर साउदका २ वर्षीय नाती टेकबहादुर साउदलाई सोमवार थरुहट पक्षधरले प्रहरी अधिकारीसँगै हत्या गरे । प्रहरी हवल्दार छोरा नेत्र साउद जण्डिसको विरामी भएर घरमै आराम गरिरहेका थिए । आन्दोलनकारीे घरमै आएर गोली हान्दा हवल्दार साउद भुइमा पल्टेका कारण बचे । उनलाई ताकिएको त्यो गोली गएर दुई वर्षिय छोराको टाउकोमा लाग्यो । जंगबहादुरका पाँंच भाइ छोरामध्ये मध्ये प्रहरी हवल्दार नेत्र कांईला हुन् । उनीमाथि कुटपिट भयो,उनी अहिले फेरि आएर मार्लान कि भनेर लुकेर बसेका छन् । दुई वर्षे बालक र सात सुरक्षाकर्मीको हत्यापछि त्यो टोल अहिले गहिरो पिडा र त्रासमा छ । टोलवासी रातभर सुत्दैनन,कतिवेला के हुने हो भन्ने भयमा छन् ।
प्रहरी हवल्दार साउदकी बहिनी दुर्गा कठायतले गोली चलाएको देखेपछि दाइलाई घचेटेर भुइमा ढालिन् र बचाइन् । तर, दुई वर्षीय भदाको ज्यान गयो । अबोध बालकमाथि गोली हानिएको त्यो बर्बर घटनाबारे बुधबार राजधानीमा उनका आफन्तले आँंशु बगाउँंदै सुनाएका छन् । आफन्तका आँंशु अझै थामिएका छैनन,मनमा आक्रोश र पीडा भरिएको छ । न्याय पाउने अपेक्षा छ तर विश्वास छैन । घटनावारे परिवारका सदस्यहरु भन्छन्ः
गोली हान्नेलाई चिनेका छौं –शेरबहादुर साउद काका
मेरा पाँच दाजुभाइमध्ये चारजना प्रहरी सेवामा छन् । म कान्छो छोरा मात्र त्यस पेसामा छैनँ । प्रहरी हवल्दारमा जागिर भए पनि जण्डीसको विरामी भएर घरमा बसेको दाजुलाई घरमै आक्रणकारीले निशाना बनाए । जण्डिसको बिरामी भएका कारण १५ दिनदेखि कार्यालयको काममा त्यति धेरै खटनु भएको थिएन ।
अफिस घर नजिकै थियो, विरामी भएकै कारण बिना पोशाक जाने आउने गर्दै आराम गरिरहनुभएको थियो । त्यसदिन पनि दिउसो २ बजे उहाँ घरमै आराम गरेर बसिरहनुभएको थियो । आक्रमणकारीले आक्रमण गरेर घाइते भएका प्रहरी पानी पानी भन्दै हाम्रो घर आए । त्यहीबेला दाजुले पनि साथीहरुलाई हेर्न घरवाट निस्कनु भयो । त्यसै वेला अचानक गोली चल्यो । जेठी दिदी दुर्गा कठायतले दाइलाई गोली लाग्ला भन्दै पछाडीबाट भुइमा धकेल्नु भयो । दाइ भुइामा ढलेकाले बच्नु भयो तर त्यहीबेला भतिज बाबा भन्दै आयो । उसलाइ पछाडीबाट गोली लाग्यो र ढल्यो । त्यसपछि घरमै लुगा धुँदै गरेकी भाउजु यशोदा साउद वच्चालाई हेर्न आउनु भयो । वच्चाको अवस्था देखेपछि उहाँ भुइँमै मुर्छित हुनु भयो । दुई बजे यो घटना भएपछि बेहोस हुनु भएकी भाउजुको बेलुकी ८ वजे होस खुल्यो । त्यसपछि उहाँलाई माइतीमा राखिएको छ । घरमा सुन्य छ, कोही कोहीसँग बोल्दैनन्, बोल्ने पनि के र ? चिन्ता बाहेक केही छैन ।
अहिले घरको हालत यस्तो छ कि घरपरिवारका मानिस एक अर्कासँग बोल्दैनन् । वालक भतिज मारियो, दाजु घाइते भयो । तर अहिलेसम्म सरकारका प्रतिनिधि कस्तो छ भनेर सोध्नसम्म पनि पुगेका छैनन् । हिजो एउटा टेलिभिजन पुगेको थियो रे त्यति हो । हत्या गर्न को आएको थियो भन्ने कुरा दिदीलाई थाहा छ । उहाँको आफ्नै आँखा अगाडी गोली चलाइएको थियो । मेरो घरमा अझै पनि जासुसी हुन्छ रे । हत्याराले जासुसी गरिरहेका छन् । बजारका केही व्यक्तिले घरमा नबस् खतरा छ भनेपछि आक्रमणमा पर्न सकिन्छ भनेर अहिले हामी होटलमा बसिरहेका छांै । सपरिवार अहिले होटलमा छांैं । सरकार देखेर हामी छक्क परिरहेका छौं । मर्ने त मरिहाल्यो तर बाँच्नेलाई खोई सुरक्षा ? मेरो दाई सरकारको मानिस तर, किन उसको बारेमा केही खोजिनीति गर्दैन ?
हामीले सुन्दै आएका छांै हत्यारालाई सरकारले पक्राउ गरयो रे । तर हामी भन्छांै सरकारले मेरो भतिज मार्नेलाई पक्रेको छैन । पक्रिएका व्यक्तिको अनुहार हामीले पनि हेरेका छौं । तर दाइलाई आक्रमण गर्ने तिनिहरु होइनन् अरु नै छन् । हत्यारा चिने पनि भन्न सकेका छैनौं । हत्यारा त्यहाँका स्थानीय होइनन् प्रसस्त तालिम प्राप्त मान्छे हुन् । दुइसय किलोमिटर टाढाबाट कसरी सुट गरिएको छ । त्यस्तो कसले गर्न सक्छ ? त्यहीँको आन्दोलनकारीले त्यसरी गोली हान्न सक्दैनन् । हामीलाइ अझैपनि डर त्रास छ । लुक्नुपर्ने अवस्था छ । अपराधीलाई कडाभन्दा कडा कारबाहि होस् । बच्चामार्ने अपराधीको अनुहार हेर्न पाउँ । हामीलाई त्यत्ति भए पुग्छ । केही केही राहत चाहिंंदैन ।
गोली हान्न उक्साउने जनकराम र रामजनमलाई कारवाही होस् –जंगबहादुर साउद, हजुरबा
मेरो नातिको के दोष थियो ? संघीयता आयो भने पनि यस्तो गर्नेका हातमा शासन पुगेपछि कसरी बाँच्न सकिएला ? यस्तो वच्चालाई गोली हान्न सक्ने मान्छेको मन कस्तो होला ? के सिकाएर उनीहरुलाई आन्दोलनमा लगिएको होला ? गोली हान्न आउने मान्छेको त के मन हुन्छ होला र ? गोली हान्न पठाउने र उक्साउने सभासद् जनक चौधरी, रामजनम चौधरी र धनीराम चौधरीलाई ज्यान मुद्धामा कारबाही हुनुपर्छ । मलाई अरु केही भन्नु छैन ।
आमाको दुध चुसेर बाबा भन्दै हिंडेको वच्चालाई गोली हानियो –अञ्जु साउद, काकी
दुई वर्षको बच्चालाई गोली हान्दा त्यसको मनमा किन अलिकति पनि मानवता पलाएन ? के त्यसलाई कारवाही नगरी त्यसै छाडने ? त्यसलाई जातको राज्य चाहिने ? २ वर्षको वालकले बाँच्न नपाउने कस्तो राज्य बनाउन लागेको ? थारु थारु भन्छन् । तर, थारु सोझा छन् । मिलेर बसेका छन्, पहाडे पनि थारु पनि । जसलाई माथि माथिका जसलाई राज्य चाहिएको छ, उनैले हो उक्साएर अपराधीलाई बन्दुक लिएर पठाएको र वच्चालाई गोली हानेको । अहिले वच्चाकी आमाको अवस्था के छ त्यस्लाई थाहा छ ? आफनो दुध चुसेर बाबा बाबा भन्दै हिंडेको वच्चा गोली लागेर ढल्दा कसरी सहनु ? नेताहरु छर्रा मात्रै लागेको लागेको भन्दैछन् रे । के छर्रा लागेको बच्चाको गिदी निस्कन्छ ? बच्चाको बिषयलाई किन हल्का रुपमा लिएको ?
चक्रपथ अनलाईनवाट
0 comments
Write Down Your Responses