यसरी जलाईयो टिकापुरमा एसएसपी लक्ष्मण न्यौपानेलाई
भदौ ०७, धनगढी ।
टीकापुर-६, दनदनी वलेको टिकापुर --
शंकरपुरस्थित पशुहाट नजिकै रहेको भीडनजिकै एसएसपी लक्ष्मण न्यौपानेको टोली पुग्यो । एसएसपीले न्यौपानेले गाडीबाट ओर्लेर भीडलाई सम्झाउनमात्रै के लागेका थिए, त्यहीबेला एक हुल अगाडि बढ्यो र प्रहरी जवान लक्ष्मण खड्कामाथि आक्रमण शुरु भयो ।
लगत्तै एसएसपी न्यौपाने र केही प्रहरीलाई भीडले नियन्त्रणमा लियो र केही पर पुर्याएर कुटपिट गर्दै पेट्रोल छर्केर आगो लगाई हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
![]() |
| तस्विर समाचारसंग सम्वन्धित नरहेको जानकारी गराईन्छ |
राससले दिएको समाचारको आधारमा शंकरपुरका साथै मुनुवा-१ को कञ्चनपुर भन्ने ठाउँमा पनि प्रहरी र प्रदर्शनकारीवीच झडप भएको थियो । घटनास्थलमा खटिएका रेडक्रसमा कर्मचारीले दिएको जानकारी अनुसार प्रदर्शकारीले हातमा भाला, लाठी र गुलेली लगायतका घरेलु हतियारहरु बोकेका थिए । भीडमा बालबालिका र महिलाहरुसमेत थिए ।


0 comments
Write Down Your Responses