गुण्डा नाईके कुमार घैटेलाई प्रहरीले गोली चलाउदा

काठमाडौं, भदौ ३–
 प्रहरी चेकजाँचको क्रममा राजधानीको सामाखुसीमा उल्टै प्रहरीमाथि नै आक्रमण गर्ने गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ कुमार घैंटेलाई प्रहरीले गोली प्रहार गरेको छ । गोली प्रहारबाट घैंटेको पेटमा गोली लागेको छ भने घाइते उनलाई पक्राउ गरि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको लागि पुर्याइएको महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार बिहान ११ बजे

चेकजाँचमा खटिएको महाशाखाका प्रहरी टोलीमाथि घैंटेको समुहले आक्रमण गरेको थियो । जवाफी कारबाहीमा प्रहरीको गोलीलागि घैंटेसहित उनका दुई सहयोगी समेत घाइते भएका हुन् । घाइते हुने अन्य दुईमा सुरेन्दै महर्जन र राजु महर्जन रहेका छन् ।



0 comments

Write Down Your Responses