मानव वस्तिमा यसरी खस्यो जहाज - हेर्नुहोस् ..

एजेन्सी : -

जापानको राजधानी टोक्योमा आइतबार बिहानै एउटा सानो हवाइजहाज दुर्घटनामा परेको  खवर छ ।
टोक्योको बाक्लो बस्तीमाझ पाँच सिटे जहाज खसेर भएको दुर्घटनामा कम्तिमा तीनजनाको ज्यान गएको छ । दुर्घटनामा जहाजका तथा बस्तीमा थप ५ जना मानिस गम्भीर घाइते  भएको समाचारमा जनाईएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार जहाज खसेको स्थानमा तीनवटा घर र कारमा पनि आगो लागेको थियो ।
जापानस्थित पब्लिक ब्रोडकास्टर एनएचकेको रिपोर्ट अनुसार पाँच सिटे जहाज दुर्घटना हुनुअघि टोक्योको चोफु एयरपोर्टबाट उडेको थियो ।


दुर्घटना एयरपोर्टबाट ५ सय मिटरको दुरीमा भएको हो । टोक्यो फायर डिपार्टमेन्टका अनुसार दुर्घटनामा तीन यात्रुको निधन भएको छ ।

दुर्घटनामा दुर्इजना जहाजका यात्रु र एक जमिनमा रहेकी महिला रहेकी छन् । पाँचजना घाइतेहरुको उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
दुर्घटनामा परेको जहाजमा कति यात्रु थिए भन्ने अझै एकिन भएको छैन । दुर्घटनाको कारण पनि खुल्न नसकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
अन्नपुर्ण पोष्टवाट साभार 

0 comments

Write Down Your Responses