दिया मास्के भन्छिन्–केटाभन्दा केटीसँग बढी मज्जा लाग्छ
काठमाण्डौ,
मनिला सोताङको चर्चित गीत भिज्यो सिरानी फेमकी मोडल तथा कागबेनी चलचित्रकी अभिनेत्री दिया मास्केले पुरुष भन्दा केटी साथीसँग रोमान्स गर्दा बढी मज्जा आउँने बताएकी छिन् । पहिलो चलचित्र कागबेनीमा सौगात मल्लसँग हट अन्तरंग दृश्य दिएर चर्चामा आएकी उनले महिला समलिंगीको कथामा आधारित सुनगाभा चलचित्रमा भने अर्की अभिनेत्री निशा अधिकारीसँग अन्तरंग दृश्य दिएकी थिइन् । त्यसक्रममा उनले निशासँग आलिंगनका साथमा किसिङ सिनसम्म दिएकी थिइन् ।
न्यूज २४ टेलिभिजनसँगको कुराकानीमा दियाले कागबेनीमा सौगातसँग भन्दा सुनगाभामा निशासँगको अन्तरंग दृश्यमा आफूलाई बढी मज्जा आएको बताइन् । साथै निशासँगको अन्तरंग दृश्यमा आफूलाई सहज अनुभव पनि भएको बताईन् । भन्छिन्–त्यस्तो दृश्यका लागि निशा इज मोर बेटर । रंगमञ्चका निर्देशक अनुप बरालकी कान्छी श्रीमति दियाले अरु निर्देशक भएको भए ती दुवै चलचित्रमा आफूले त्यस्तो दृश्य नदिने दाबी समेत गरिन् । भूषण र सुवर्णजी जस्तो प्रोफेशनल र चलचित्रलाई राम्रोसँग बुझ्नुभएका निर्देशकहरुलाई नाइँ भन्न सकिनँ । अर्को कुरा उहाँहरुलाई नाइ भन्न सक्ने आधार पनि मसँग थिएन ।
किन कि त्यो दृश्य विशुद्ध कथाकै एउटा पाटो हो भन्नेमा म विश्वस्त थिएँ । त्यसैले त्यस्तो दृश्य दिदा मलाई नराम्रो महसूस पनि भएन । दुवै चलचित्र रिलिज भएपछि उक्त दृश्यहरुलाई लिएर कसैले नराम्रो प्रतिक्रिया नदिएको पनि उनले बताइन् । महिला समलिंगीमा आधारित सुनगाभाको कथा नै बोल्ड भएकोले त्यसबाट आफूले पनि अझ म्याच्योर्ड हुने मौका पाएको उनको कथन छ । भन्छिन्–हाम्रै समाजभित्र पनि यस्ता लुकेका सत्यहरु छन् भन्ने थाहा पाउँन पाएँ ।
कामसँगै समाजको यथार्थसँग अपडेट हुन पाउँनु दुर्लभ कुरा भएको उनको बुझाइ छ । नबीन सुब्बा निर्देशित दलन टेलिचलचित्रबाट पहिलोपटक अभिनयमा होमिएकी दियाले स्वर्गीय आलोक नेम्वाङसँग झण्डै एक दर्जन बढी म्यूजिक भिडियोहरुमा काम गरिसकेकी छिन् । आजको दिया मास्के बन्नुमा आलोकको अहम् भूमिका रहेको उनी बताउँछिन् र भन्छिन्–शायद आलोक नभएको भए म अभिनेत्री बन्ने नै थिइँन । नृत्यमा पारंगत मानिने दिया नृत्य विधामै डिग्री हासिल गर्ने अभिनेत्री पनि हुन् ।


0 comments
Write Down Your Responses