यता शहिद कपुरको विवाहमा करिनाको गुनासो उता अभिनेत्री राधिका मदान भक्कानो छोडेरै रोईन - हेर्नुहोस्
एजेन्सी भारत
करिना कपुर र शाहिद कपुर कुनैबेला बलिउडमा चर्चित प्रेमी जोडि मानिन्थे । सन् २००७ मा ब्रेक अप भएपछि भने उनीहरुको अफेयरको कथा टुङ्गियो । त्यसपछि उनीहरुले एक अर्काको विषयमा खुलेर कुरा गर्दैनन् । शाहिद कपुरले मंगलबार मात्र धुमधामसँग मीरा राजपुतसँग विवाह गरे । तर पूर्व प्रेमिका करिना कपुरलाई भने निम्तो दिएनन् ।
करिनाले आफूलाई विवाहमा नबोलाइएपनि शाहिदलाई शुभकामना दिने बताएकी छिन् । उनले भनेकीछिन्- हुन त मलाई विवाहको निम्तो आएन तर म लाखौं लाख शुभकामना दिन चाहन्छु । तर यसलाई कुनै गिती नाटक बनाउन जरुरी छैन ।
शाहिद कपुरको विवाह छिनिएपछि पूर्व प्रेमिका करिनाले शाहिदको मीरा राजपुतसँग विवाह हुँदा आफूलाई निक्कै खुसी लाग्ने बताएकी थिइन् । यस अघि शाहिदले करिनाका पतिलाई पहिलो कार्ड पठाएको चर्चा चलेपनि उनीहरुले निम्तो नपाएको खुलासा भएको छ ।
बलिउड अभिनेता शाहिद कपुरले मंगलबार मीरा राजपुतसँग विवाह गरे । उनको विवाहले बलिउडमा यतिबेला चर्चा पाइरेको छ । उनकी पूर्व प्रेमिकाले पनि शाहिदले आफूलाई विवाहमा नबोलाएपछि पहिलो पटक मुख खोलेकी छिन् ।
करिना भन्दा धेरै अन्य युवतीहरुको पनि मन दुखेको कुरा सार्वजनिक भएको छ । शाहिद यस पटक ‘झलक दिखला जा सीजन-8′ का जज समेत हुन् ।
उनी जज रहेको कार्यक्रममा सहभागी एक युवती शाहिदको विवाहमा भक्कानो छोडेर रोएकी छिन् ।
टेलिभिजन अभिनेत्री राधिका मदान सञ्चारकर्मीका सामु नै शाहिदको विवाहका कारण रोएपछि उनको पनि चर्चा भएको छ ।
शाहिदको विवाह भयो तपाइँलाई कस्तो लागिरहेको छ भन्ने प्रश्नमा उनले जवाफ दिन सकिनन् बरु भक्कानो छोडेर रोइन । उनले आफ्नो अनुहार लुकाएर आँशु समेत पुछेका दृष्य सार्वजनिक भएका छन् ।

राधिका कलर्स टेलिभिजनको चर्चित सीरियल ‘मेरी आशिकी तुम ही हो’ मा इशानीको रुपमा अभिनय गर्छिन् ।
0 comments
Write Down Your Responses