जहाजभित्र यात्रुले रक्सी पिएर हंगामा गरेपछी यात्रुलाई सिटवेल्टले वाधियो - भिडियो सहित

एक यात्रुलार्इ सिट बेल्टले बाँधियो हङकङ :
 हङकङबाट रुसका लागि उडेको एक जहाजभित्र यात्रुले रक्सी पिएर हंगामा गरेका छन् । रक्सीले मातेर भाँडभैलो गर्न थालेपछि सर्बियन एयरलाइन्सको फ्लाइट नम्बर ५४६ का अन्य यात्रुले ती यात्रुलार्इ कुटपिट गरेका छन् । कुटपिटपछि रक्सीले मातेका यात्रुलार्इ प्लेको सिटमै बाँधेर राखियो । यात्रुले जहाजभित्रै रक्सीले मातेका माथि गरेको कुटपिटको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा रक्सीले मातेका ती यात्रुलार्इ फ्लाइटमै सिट बेल्ट बाँधेर राखिएको देखाइएको छ ।

 यो घटना हङकङबाट रुसको भालदिभोस्कोटका लागि उडेको जहाजमा भएको हो । भिडियोमा देखिएका रातो टी-सर्ट लगाएका एक व्यक्ति अर्का व्यक्तिलार्इ बस्न भनिरहेका छन् । त्यही बेला ती ब्यक्ति अर्का यात्रुसँग झगडा गर्न पुग्छन् । विवाद बढ्दै गएपछि सेतो टी-सर्ट लगाएका अर्का व्यक्ति दौडँदै आएर अर्का यात्रुमाथि मुक्का बर्साउँछन् । त्यसपछि अन्य यात्रु रातो टी-सर्ट लगाएका यात्रुमाथि मुक्का बर्साउन थाल्छन् । त्यसपछि ती ब्यक्तिलार्इ सिट बेल्टले बाँधिएको देख्न सकिन्छ । यो झगडापछि सिट बेल्टले बाँधिएका व्यक्ति उडानअवधिभर त्यही अवस्थामा यात्रा गर्न बाध्य हुन्छन् । जहाजमा भएको यो हंगामा बारेमा सर्बियन एयरलाइन्सले अहिलेसम्म आधिकारिकत धारणा बाहिर ल्याएको छैन ।
आजको अन्नपुर्ण पोष्टमा खवर छ

,

0 comments

Write Down Your Responses