यसवर्षको वजेट भाषणमा कुन कुन शिर्षकमा कति कति वजेट छुट्याईयो - हेरौ यो भिडियो

यसवर्षको वजेट भाषणमा कुन कुन शिर्षकमा कति कति वजेट छुट्याईयो - हेरौ यो भिडियो


सरकारले आगामी वर्षका लागि आठ खर्ब १९ अर्ब ४६ करोडको बजेट प्रस्तुत गरेको छ।

मंगलबार अपरान्ह संसद्‍मा अर्थमन्त्री डा. रामशरण महतले बजेट प्रस्तुत गरेका हुन्। यसपालीको बजेटमा भूकम्पपछिको पुनर्निर्माण र सामाजिक सुरक्षाका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ। वृद्धभत्तालाई दोब्बर बनाएर एक हजार बनाइएको छ।
 बजेटमा पुनर्निर्माणको अलग्गै प्याकेज बजेटमा छ। कर्मचारीको तलब वृद्धि नहुने भएको छ। तलब वृद्धिका लागि मंगलबार बिहानसम्म पनि प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई दबाब थियो।


कुल विनियोजनमध्ये चालु खर्चतर्फ रु चार खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार र पुँजीगत खर्चतर्फ रु दुई खर्ब आठ अर्ब ८७ करोड ४२ लाख ४२ हजार विनियोजन गरिएको बताउनुभयो ।

यस्तै वित्तीय व्यवस्थातर्फ रु एक खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ६७ हजार विनियोजन गरिएको छ । प्रस्तुत खर्चको अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ३२ प्रतिशत र संशोधित अनुमानको तुलनामा ५६.८ प्रतिशतले बढी हो ।

 आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु चार खर्ब ७५ अर्ब एक करोड २१ लाख, साँवा फिर्ता प्राप्तिबाट रु दुई अर्ब, वैदेशिक अनुदानबाट रु एक खर्ब १० अर्ब ९२ करोड ९४ लाख सात हजार, व्ययभार रु दुई खर्ब ३१ अर्ब ५२ करोड ७३ लाख ७७ हजार न्यून हुनेछ ।

न्यून बजेट पूर्ति गर्न विदेशी ऋणबाट रु ५४ अर्ब ९६ करोड ४७ लाख चार हजार, राजस्व र वैदेशिक सहायता परिचालनबाट रु एक खर्ब ३६ अर्ब ५६ करोड २६ लाख ७३ हजार न्यून हुन जानेछ ।
न्यून बजेट पूर्ति गर्न रु ८८ अर्ब आन्तरिक ऋणबाट र रु ४८ अर्ब ५६ करोड २६ लाख ७३ हजार चालु खर्चको नगद मौज्दातबाट व्यहोरिनेछ .

बजेटले स्थानीय निकायको निर्वाचनलाई प्राथमिकता दिइएको छ। बजेटको स्रोतको ठूलो हिस्सा विदेशी सहायता र विदेशी ऋणमा निर्भर देखिन्छ। सरकारले एक खर्ब १० अर्ब रुपैंया विदेशी सहायता र ९५ अर्ब विदेशी ऋणबाट स्रोत जुटाउने लक्ष्य बजेटमा राखेको छ। सरकारी स्रोत मार्फत ६ खर्ब १४ अर्ब रुपैंया संकलन गर्ने लक्ष्य बजेटमा समावेश छ।अर्थमन्त्री डा. रामशरण महतले विनाशकारी भूकम्पले अर्थतन्त्रमा अनपेक्षित रुपमा चुनौती थपिएको उल्लेख गर्दै नवनिर्माणमा जुट्नुपर्ने आवश्यकतामाथि जोड दिएका थिए।  अन्नपुर्ण पोष्टवाट
-

0 comments

Write Down Your Responses