भुकम्प पिडितलाई एनआरएन अध्यक्ष शेष घले दम्पतीद्वारा २ करोड दिने घोषणा
भुकम्प पिडितलाई एनआरएन अध्यक्ष शेष घले दम्पतीद्वारा २ करोड दिने घोषणा -
यति खेर देश पुरै अस्तव्यस्त छ । शनिवार मध्यान्ह गएको महाभूकम्पका कारण धेरै धनजनको क्षति भएको छ, भने हजारौ परिवार घरवार विहिन भएको छ ।
यस्तो आपतकालीन समयमा सहयोग गर्ने उद्घोष गर्दै विदेशबाट सहयोगी बन्न आ-आफ्नै तरिकाले सहयोग गर्न जुटिरहेको छ ।
यसैलाई मध्ये नजर गर्दै गैर आवासीय नेपाली संघ (एनआरएन) ले पनि राहत संकलन सुरु गरेको छ । एनआरएन केन्द्रिय प्रतिनिधिले सहयोग रकम घोषणा समेत गरेको छ ।
महासचिव कुमार पन्तका अनुसार अध्यक्ष शेष घले र श्रीमती जमुना घले २ करोड, उपाध्यक्ष भवन भट्ट १ करोड, उपाध्यक्ष टि.वि कार्की १ लाख १ हजार, महासचिव कुमार पन्त १० लाख, सचिव रन्जु थापा १ लाख १ हजार, प्रवक्ता मन केसी १ लाख १ हजार सहयोग घोषणा गरेको हो ।
त्यस्तै गरि रमेश अर्याल १ लाख १ हजार, एनसीसी वेल्जियम १० लाख, उमेश अधिकारी कतार १ लाख, राजन कुवरले १ लाख १ हजार दिने घोषणा गरेको छ ।
विभिन्न देशमा रहेका एनआरएनलाई सहयोग गर्न अपिल समेत गरेको छ ।
नेपाल शन्देश .कमवाट
0 comments
Write Down Your Responses