सूर्यबहादुरको सन्देश : सन्तानले जन्मथलाे नबिर्सिउन् (भिडियोसहित)
३ वैशाख, काठमाडौं ।
सूर्यबहादुरको सन्देश : सन्तानले जन्मथलाे नबिर्सिउन् (भिडियोसहित)
मुगा : जसले थापा परिवारलाई पर्खिरहेछ सूर्यबहादुर थापा जन्मेको मुगा विकट भइकन पनि अचम्मको ठाउँ हो । त्यहाँ शहर बजारका जस्तै ठुल्ठूला घरहरु छन् । तर, ती घर संरक्षणको पर्खाइमा भग्न अवस्थामा छन् । सूर्यबहादुर थापाको घर द्वन्द्वको चपेटामा परेर ध्वस्त भएको छ । थापाका पिता टेकबहादुर लप्टनले काठमाडौंबाट प्राविधिकहरु लगेर विसं. २००१ सालमा सो घर बनाएका थिए । सूर्यबहादुरको जस्तै हेडम्बबहादुर थापा, अर्जुन थापा, भक्तबहादुर थापा र खड्गबहादुर थापाका ठूला ठूला घरहरु छन् मुगा गाउँमा । आफ्ना पूर्खाको सम्झनामा थापा परिवारले पार्कहरु बनाएका छन् । काठमाडौंको मृगस्थलीमा जस्तै लस्करै मन्दिरहरु छन् । माल पाएर पनि चाल नपाएका गाउँलेहरुले त्यहाँ रहेका मूर्तिहरु तोडफोड गरेका छन् । र ढुंगामा सायरीहरु लेखेका छन् । पार्कका भित्तामा माओवादी जनयुद्धका नाराहरु कोरिएका छन् । कांग्रेस नेता रहेका अजितनारायण थापाले भने आफ्नो घरको संरक्षण गरेर धुरीमा नेपाली कांग्रेसको झण्डा फहराएका छन् । थापा परिवारले लामो समय वस्ती बसाएको मुगामा एउटा मनमोहक सभ्यता बसेको थियो । अहिले सूर्यबहादुर थापा संसार छाडेर गए । तर, जीवनको उत्तरार्धमा उनले भनेका छन्- ‘आफ्नो जन्मस्थलो छाड्नुहुँदैन । त्यही ठाउँले हामीलाई यहाँसम्म पुर्यायो, मेरा सन्तानले आफू जन्मेको ठाउँ नछाडुन् ।’ विगतमा मुगा पुग्न निकै कठिन भए पनि अब यातायातको सुविधा भएकाले गाउँलाई नबिर्सन थापाले आफ्ना सन्ततिसँग आग्रह गरेका छन् । सुन्दर मुगा गाउँ यतिबेला थापा परिवारको संरक्षणको पखाईमा छ । गाउँको एउटा सभ्यता खण्डहर भएर ढल्न लागेको अवस्थामा छ । थापाले हामीसँग भनेका थिए, यो त गाउँको निधि हो नि । मुगामा वि.सं. ००४ सालमै विद्यालय स्थापना भएको थियो । थापाको बाल्यकालको शिक्षा यही विद्यालयमा भएको हो

0 comments
Write Down Your Responses