सुशील र केपी संविधान निर्माणमा वाधक - जबरजस्ती ल्याए च्यातेर फ्याक्छौं- भट्टराई


माया अधिकारी पर्वत :
एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले कांग्रेसका सभापति सुशील कोइराला र एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण संविधान बन्न नसकेको आरोप लगाएका छन् । कांग्रेस–एमालले २०४७ सालकै संविधान ब्यूँताउन खोजेको वरिष्ठ नेता भट्टराईको आरोप  छ  ।

‘सहमतिवाट संविधान निर्माणका मुख्य बाधक शुसील कोइराला र एमाले अध्यक्ष ओली हुन्’, सोमबार बिहान पर्वतमा गरिएको अन्तरक्रियामा उनले भने, ‘कांग्रेस–एमालले बहुमतीय प्रकृयाबाट संविधान ल्याए मुलुक फेरि अर्को द्वन्द्वमा फस्ने छ ।’ अन्तरक्रियामा बोल्दै भट्टराईले बहुमतबाट संविधान जारी गरे च्यातिने चेतावनी दिएका छन् ।

‘बहुमतीय प्रकृयावाट एकपक्षीय संविधान जारी गर्ने प्रयास तत्काल खारेज गरे ३० दलीय मोर्चा आन्दोलन स्थगित गर्न तयार छ’, भट्टराईले भने, ‘बहुमतीय संविधानले कसैको हित नगर्ने भएकाले सहमतिमै संविधान जारी गर्नुको विकल्प छैन ।’

सत्तापक्षले आफ्ना कुरा नसुनेपछि आमहड्तालमा जानुपरेको उनको भनाइ छ । ‘राज्यलाई सुनाउने कुनै बाटो नदेखेर आमहड्ताल गर्न लागेका हौँ’, उनले भने, ‘यो रहर होइन बाध्यता हो ।’

भट्टराईले जेठ १५ मा सहमतिमै संविधान जारी गर्ने प्रतिवद्धता आए आन्दोलनका कार्यक्रम तत्काल रोक्ने बताए । सरकारले अहिलेसम्म सार्थक वार्ताको पहल नगरेको आरोपसमेत उनले लगाए ।

 पहिलो संविधानसभा एमाओवादीका कारण विघटित भएको आरोप निराधार भएको उनको जिकिर थियो । तत्कालीन अवस्थामा राष्ट्रपति, सभाध्यक्ष र सर्वोच्च आदालतको असहयोगले पहिलो संविधानसभाको अवासन भएको उनले दाबी गरे ।
आजको अन्नपुर्ण पोष्टमा खवर छापिएको छ ।
तलको  फेसवुक पेजमा एक लाईक गर्न भुल्नुभएको छ भने कृपया एक लाईक दिनुहोला - सधै रमाईला रमाईला विषयका समाचारहरू पाउनुहुनेछ - धन्यवाद 


0 comments

Write Down Your Responses