गायिका कोमल वलीलाई स्टेजमै माननियले विहेको प्रश्ताव राखेपछी...

गायिका कोमल वलीलाई स्टेजमै माननियले विहेको प्रश्ताव राखेपछी....
गायिका कोमल वलीले केही समयदेखि आफूसँग विवाह गर्ने कोही छ रु भन्दै खुलेआम सार्वजनिक अभिव्यक्ति दिँदै आएकी थिइन् । उमेरले विवाह गर्ने नेटो काटिसके पनि उनको आकर्षक सौन्दर्यमा मोहित हुनेहरु उत्तिकै छन् । त्यसैले उनी जहाँ पुगे पनि झ्वाँक तन्नेरीका निम्ति चुनौती दिइहाल्थिन् । हाल अस्ट्रेलियामा रहेकी कोमललाई त्यहाँका एक माननियले स्टेजमै विवाहको प्रस्ताव राखेपछि कोमल भने रातापिरो भइन् । दक्षिण अस्ट्रेलियाको संसद्को सदस्यले ‘आइ लभ यु कोमल, विल यु म्यारी मि ’ ? भनेपछि कार्यक्रममा एकछिन शुन्यता भरिएको थियो । जसका साक्षी थिए प्रमुख अतिथि एन आरअएनका अध्यक्ष शेष घले ।
अक्क न बक्क परेकी कोमल माननीयको प्रस्ताव सुनेर हल्का लजाइन् । आश्चर्यका साथ उनी एकछिन हाँसिरहिन र जवाफ फर्काइन्, ‘के तिमी मसँग नेपाल गएर बस्न सक्छौ ?  त्यसपछि अक्क न बक्क भए माननीय त्वाङ चुई ।
तरुनी शीर्षकको गीत संग्रह सार्वजनिक गर्ने तयारीमा रहेकी कोमललाई अस्ट्रेलियन माननीयको प्रस्ताव स्वीकार्य नभए पनि उनको प्रपोजको स्टाइलले प्रभावित भने तुल्याएको छ । कोमलले गितवाट विहेको चर्चा गरेपनि रियल लाईफमा भने विहेको हल्ला भएको छैन ।
साप्ताहिकबाट

0 comments

Write Down Your Responses