अन्तराष्ट्रिय उद्धार टोलीलाई आ–आफ्नो देश फर्कन आग्रह
काठमाडौं, बैशाख १७ ।
महाभूकम्पबाट ढलेका घरमा फसेकाको उद्धारमा विभिन्न देशबाट आएका खोजी तथा उद्धार टोलीलाई आ–आफ्नो देश फर्कन सरकारले औपचारिक आग्रह गरेको छ ।
नेपाल आएको उद्धार टोलीहरुले घरभित्र पुरिएका मृतकको उद्धार गर्ने कार्यादेश आफूहरुलाई नरहेको बताएपछि सरकारले यस्तो आग्रह गरेको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए ।
ढकालका अनुसार जीवितको उद्धार सम्पन्न भएकाले मृतकको उद्धार गर्ने कार्यादेश नभएको टोलीलाई राख्नुको औचित्य नरहेकाले विदेशी उद्धार टोलीहरुलाई फिर्ता जान भनिएको हो । यद्यपी विदेशबाट आएका इन्जिनियरिङ र स्वास्थ्य टोलीलाई भने फर्कन भनिएको छैन ।
नेपाली सेनाको सुझावका आधारमा सरकारले उद्धार टोली फिर्ता पठाउन लागेको हो । शनिबार आएको महाभूकम्पपछि १५ देशका ३२ वटा उद्धार टोलीमा एक हजार दुई सय जना विदेशी नेपाल आएका थिए । यद्यपी उनीहरु फर्कन थालेका छैनन ।
इमेज खवरवाट
0 comments
Write Down Your Responses