जीवित देवी कुमारीको निधारमा कण्डोमको विज्ञापन राख्ने अधिकार कसले दियो कलाकारलाई ? विवादमा परेको कुमारी तस्विर
काठमाडौं। नेपालमा कुमारीलाई जीवित देवीको रुपमा पूजा गरिन्छ। जीवित देवी कुमारीलाई श्रद्धाका साथ राष्ट्रप्रमुख, सरकार प्रमुखदेखि सर्वसाधारणसम्मले पूजा समेत गर्ने गर्छन। नेपालको संस्कृतिलाई विश्वव्यापी बनाउने क्रममा कुमारीको प्रसङग आउँछ। जीवित देवी कुमारीको पूजा गर्ने प्रचलन नेपालमा मल्लकालदेखिकै प्रचलन हो। उपत्यकाका तीनै जिल्लामा कुमारीको लागि विशेष व्यवस्था र विशेष सम्मान पनि छ। उपत्यकाको काठमाडौंको कुमारीलाई राजकीय सम्मान समेत रहेको छ।

सुदिप वाला नामक कलाकारले थ्रीडी इफेक्ट प्रयोग गरि बनाएको कुमारीको चित्रको निधारमा परिवार नियोजनको नारा टाँसेका छन्। ‘पुरुषहरुको लागि परिवार नियोजनको भरपर्दो अस्थायी साधन’ नारा उनले चित्रको निधारमा उल्टो गरि लेखेका छन्। पुरुषहरुको लागि परिवार नियोजनको भरपर्दो अस्थायी साधनको रुपमा सो कम्पनीले कण्डोमको वजारीकरण गर्दै आएको छ।विभिन्न साधनहरुको प्रयोग गरेको सो तस्विरमा वालाले जानाजान नै सो टुक्रा प्रयोग गरेको देखिएको छ।
२७ हजार रुपैयाँमा उनले कुमारीको सो तस्विरलाई विक्रीमा राखेका छन्।
हाम्रा कुरा. कमवाट साभार


0 comments
Write Down Your Responses