महिलाको ड्रेस लगाएर पुरूषहरू सडकमा उत्रिएपछी.. ..? हेर्नुहोस् ..

रातको समयमा जब मुम्बईका सडकमा करिव १५ जना जुंगेमुठे नौजवानहरु सारी, कुर्ता र ब्लाउजमा निकै फुर्तिको साथमा हिडिरहेको देख्दा सबै आश्चार्य चकित परेृका थिए । ट्याक्सी र अटो ड्राइभरहरु यी अनौठा मानिसलाई ध्यान दिएर हेर्दै थिए भने मानिसहरू उनीहरूलाई हेर्न घर वाहिर निस्किएका थिए ।
महिला पहिरनमा मुम्बईको सडकमा घुमिहिडेका यी मानिसहरु कुनै नाटक मण्डलीका सदस्य होइनन्, न त समलिंगी समूहका नै हुन् । उनीहरु मध्ये केहीले साडी लगाएका छन् भने केही कुर्तासुरुवालमा । केहीले महिलाले लगाउने जस्तै ढाड देखिने पहिरन पनि लगाएका देखिए ।वास्तवमा यो समूह कुनै आवेशमा आएर यसरी दुनियाँलाई चकित पार्न हिडेको हैनन् । उनीहरु एउट गहिरो सन्देश सवैको दिमाग दर्ज गर्न चाहन्छन् ।
यी अभियन्ताको सन्देशको मर्म हो महिला होस् वा पुरुष पुनै पनि मानिसले आफुले मन परेको पहिरन लगाउने स्वतन्त्रता हुन्छ भनेर उनिहरुले महिलाको पोसाक लगाएको रहेछन्। हृवाइ लाइटर सुरु गर्ने नेहा सिंहले सार्वजनिक स्थानमा पुरुषहरु जस्तै महिलाहरु प्नि हिडडुल गर्न सकुन भन्ने उद्देश्यले यो विरोध कार्यक्रम गरिएको बताएका छन् ।
0 comments
Write Down Your Responses