News
»
अमेरिका मोहमा किर्ते कागज वनाएपछी श्रीमान् श्रीमतीको यो हविगत् भयो
अमेरिका मोहमा किर्ते कागज वनाएपछी श्रीमान् श्रीमतीको यो हविगत् भयो
काठमाडौं,फागुन २६ – अमेरिका मोहमा किर्ते कागज वनाएपछी श्रीमान् श्रीमतीको यो हविगत् भयो
लाखौं खर्च गरेर विभिन्न देश हुँदै महिनौं लगाएर मेक्सिकोबाट अमेरिका छिर्ने नेपालीहरुको संख्या निकै ठूलो छ । अमेरिकाको माटोमा टेक्न पाए जिन्दगीमा कुनै दुःख गर्नु नपर्ने सपना बोकेका नेपालीहरु ज्यानको माया मारेर हरेक वर्ष सयौंको संख्यामा अमेरिका पुग्छन् । यसले अमेरिकाप्रति नेपालीहरुको सपना कति ठूलो छ भन्ने प्रष्ट पार्छ ।
त्यही अमेरिका जाने सपनामा लाग्दा दुई सरकारी कर्मचारीको भने बेहाल भएको छ । नेपाल वायुसेवा निगमका दुई कर्मचारी कीर्ते काम गरी श्रीमतीलाई अमेरिका लैजान खोज्दा श्रीमतीसहित तीनसाता प्रहरी हिरासतमा बस्नु परेको छ । निगमका कर्मचारीद्वय राजिव अधिकारी र निवास नगरकोटीको कथा हो यो । दुवै जना कार्यालयबाटै कार्यक्रममा भाग लिन अमेरिका गएका थिए ।

कार्यक्रममा भाग लिन जाँदा अमेरिकाले पाँच वर्षको मल्टिपल भिषा दिन्छ । पाँच वर्षको भिसा पाइसकेपछि उनीहरुले अमेरिका नै बस्ने योजना बनाए । त्यसकारण श्रीमतीलाई पनि अमेरिका लैजानु पर्ने भयो । श्रीमतीलाई अमेरिका लैजान उनीहरुले एउटा जुक्ति निकाले – श्रीमती पनि निगमको कर्मचारी भएको नक्कली कागजपत्र बनाउने । निगमको सिफारिसमा दूतावासले सजिलै भिसा दिने भएकाले श्रीमती पनि कर्मचारी भएको भन्दै कागजपत्र बनाएर दूतावासमा पेश गरे ।
त्यही नक्कली कागजपत्रको आधारमा राजिव अधिकारीको दम्पत्तिले भिसा पनि पाए । केही दिनपछि नै दूतावासमा त्यही प्रकारको भिसा आवेदन पर्यो । श्रीमान् र श्रीमती नै निगमको कर्मचारी भएको भन्दै पहिलेकै जस्तो आवेदन आएपछि दूतावासका कर्मचारीलाई शंका लाग्यो । उनीहरुले निगममा पत्राचार गरे । निगमले त्यस्तो नाम गरेको कर्मचारी नभएको जवाफ दिएपछि अमेरिकन दूतावासले दुवै जोडीलाई पक्राउ गरी कारबाही गर्न पत्राचार गरेपछि उनीहरु प्रहरी खोरमा छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
0 comments
Write Down Your Responses