कस्तो अचम्म घर किन्दा श्रीमती उपहार

एजेन्सी : कस्तो अचम्म घर किन्दा श्रीमती पनि ।

तपार्इंले घर किन्दा कार उपहार पाउनु भएको होला । त्यतिमात्र होइन एकमुष्ठ रकम बुझाउँदा भारी छुट पनि पाउनु भएको होला । हाउजिङ कम्पनीले तपार्इंलार्इ बम्पर उपहारमा घरै पनि दिएका होलान् ।

तपार्इंको हैसियत र आर्थिक अवस्थाले इन्डोनेसियामा घर किन्न सक्नुहुन्छ भने तपार्इंले घरसँगै तपार्इंले आजसम्म नसोचेको अनौठो उपहार पनि पाउनुहुनेछ ।

इन्डोनेसियाका एक व्यक्तिले घरको बिक्री गर्न अनलाइनमा राखेको एउटा विज्ञापनले विश्वव्यापी चर्चा पाएको छ। यो विज्ञापनले यति चर्चा पाउनुमा एउटा अनौठो कारण लुकेको छ।


याहु न्यूजका अनुसार घर बेच्न इच्छुक रहेकी एक इन्डोनेसियन महिलाले घर किन्नेसँग विहे गर्ने समेत प्रस्ताव अघि सारेकी छन् । कुरा बुझ्नुस्, उनको घर किन्नुभयो भने तपार्इंले पत्नी सित्तैमा पाउनुहुनेछ ।

इन्टरनेटमा हालिएको यो विज्ञापन अन्य विज्ञापन जस्तै साधरण छ । 'घरमा दुर्इ बेडरूम, दुर्इ वासरूम, गाठी पार्किङका लागि जग्गा, र फिस पन्ड पनि रहेको छ । यसको खास कुरा भनेको यो घर किन्नेलार्इ दिइएको विशेष अफरको नाम अलग्गै उल्लेख गरिएको छ ।

जब तपार्इं घर खरिद गर्दैहुनुहुन्छ भने घर मालिक्नी विना लियासँग बिहेका लागि हात माग्न सक्नुहनेछ । विज्ञापनमा विनाको तस्बिर पनि राखिएको छ । ४० वर्षीयाले विधवा महिला विनाले ब्युटी सैलुन चलाउँदै आएकी छन् । यो सँगै घर खरिदका क्रममा अन्य शर्त समेत उले राखेकी छन् ।
अन्नपुर्ण पोष्टवाट

0 comments

Write Down Your Responses