पहिल्याउनै मुस्किल भएपछी जुम्ल्याहा दिदवहिनीलाई एकै युवकले विवाह गरे - हेर्नुहोस्

पहिल्याउनै मुस्किल   भएपछी जुम्ल्याहा  दिदवहिनीलाई एकै युवकले  विवाह गरे - हेर्नुहोस्
हुन त विवाहको विषयमा अनेक अनेक अनौठा समाचार सुनिन्छ । जुम्ल्याहा २ बहिनीसँग २ जुम्ल्याहा भाइको विवाह भएको कुरा पनि सुन्न र देख्न पाइन्छ । तर जुम्ल्याहा २ बहिनी मन परेर दुवैलाई एउटै युवकले विवाह गर्ने घटना भने कमै भएका होलान् ।


थाइल्याण्डको समुट सङ्गक्राम प्रान्तमा एक युवकले जुम्ल्याहा २ बहिनी मध्ये एकलाई छान्न सकेनन् र दुवैलाई विवाह गर्ने निर्णय गरे ।

२४ वर्षका विचाइ ताओ नामका ती युवकले २२ वर्षीया स्रिन्तारा र थीपावान नामका दुई बहिनी जुम्ल्याहासँग एकै पटक विवाह गरेका हुन् । खासमा आफ्ना बाल्यकालका २ बहिनी साथी मध्ये कसलाई छान्ने भन्ने निर्णय गर्न सकस परेपछि उनले दुवैलाई विवाह गर्ने टुङ्गोमा पुगेका थिए । ती २ बहिनीलाई विवाह गर्दा ससुरालीले उनलाई सुनका ८ बटा असर्फी मात्र दिएनन् दुवै बहिनीका लागि भन्दै ८० हजार भाट समेत थिए ।

हुन त यो एकै पटकमा गरिएको बहुविवाह थियो तर परिवार र आफन्तले स्वीकार गरेका कारण विवाहमा सबै उपस्थित भएर रमाइलो समेत गरेका थिए ।

0 comments

Write Down Your Responses