ठग्ने तरिका पनि कस्ता कस्ता खालका हुदारहेछन् । सशस्त्र प्रहरीको सई भएको विश्वास दिलाउदै ठगि गर्दै ।
आफू सशस्त्र प्रहरीको सई भएको विश्वासमा पारेर युवतीहरुसँग प्रेम गरी ठगी गर्दै आएका युवक पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा हनुमानढोकाले सशस्त्र प्रहरीको नक्कली पोसाक तथा परिचयपत्र र नक्कली पेस्तोलसहित नुवाकोट नर्जामण्डप घर भएका २४ वर्षीय सहदेव श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको छ ।

बेलाबेला सशस्त्र प्रहरीको युनिर्फम लगाई नक्कली परिचयपत्रसमेत बनाएर उनले युवतीलाई आफू सई भएको भन्दै विश्वासमा पार्ने गर्दथे । प्रहरी भएको बताउँदा युवतीहरु नजिकिने भएकाले उनले यस्तो तरिका अपनाउने गरेका थिए । युवतीलाई विश्वासमा लिन नक्कली पेस्तोल पनि साथमै राखेका थिए । नजिकिएपछि उनले विभिन्न बहानामा पैसा माग्ने र पछि ठग्ने गरेको अनुसन्धानमा खुलेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीका अनुसार चार लाख ८७ हजार ठगी गरेको भन्दै दुई युवतीले उनीविरुद्ध उजुरी दिएका छन् । अरु युवतीलाई पनि उनले ठगेको हुनसक्ने प्रहरीले जनाएको छ ।
गत असोजमा पनि उनी नक्कली पेस्तोल र सशस्त्र प्रहरीको नक्कली परिचयपत्रसहित पक्राउ परेका थिए । त्यसबेला उनी धरौटीमा छुटेका थिए । छुटेपछि फेरि उनले प्रहरी भन्दै ठग्ने धन्दा सुरु गरेका हुन् । शुक्रबार प्रहरीले उनलाई धुम्बाराहीबाट पक्राउ गरेको हो ।
-नया पत्रिकावाट
सशस्त्र प्रहरीको नक्कली पोसाक तथा परिचयपत्र अनी युवतीसंग प्रेम गर्दै ठग्दै - हेर्नुहोस्

0 comments
Write Down Your Responses