News
»
माधवकुमार नेपाल पक्राउ परेको समाचार राससमा आएपछी ...
माधवकुमार नेपाल पक्राउ परेको समाचार राससमा आएपछी ...
काठमाडौं,चैत ४ – -एउटी गोरी महिला मधेसमा राजनीतिक कुरा गर्दै थिइन् । ती गोरी महिलाले मधेसमा कम्युनिष्टको कुरा गर्दै हिँडेको प्रशासनले थाहा पायो । प्रहरी तिनै महिलाको खोजीमा जुटे । प्रसंग २०३२ सालको हो । जनकपुरमा बसेर पञ्चायतविरुद्द भूमिगत राजनीति गरिरहेका माधवकुमार नेपाल (पूर्वप्रधानमन्त्री तथा एमाले नेता) लाई पार्टीबाट निर्देशन आयो,‘गोरी महिलालाई पक्राउ पर्नबाट जोगाउनु ।’ ती गोरी महिला थिइन्,नीलम केसी (सीता खड्का) ।

निलमको बारेमा बुझ्ने क्रममा नेता नेपाललाई प्रहरीले पक्राउ गर्यो । पक्राउ परेपछि सोधपुछका क्रममा नेपालले बयान दिए,‘घर दार्जलिङ,नाम निरज शर्मा ।’ के कामले नेपाल आएको ? प्रहरीको अर्को प्रश्नको जवाफ दिए,‘नेपालका कम्युनिष्टहरु के गर्दै छन् बुझ्न आएको ।’ भोलिपल्ट जनकपुर संवाददाताको डेडलाइनमा राष्ट्रिय समाचार समिति (रासस)को बुलेटिनमा समाचार प्रकाशन भयो,निरज शर्मा पक्राउ । त्यसको संवाददाता थिए,मल्ल के सुन्दर । ‘अहिले पनि मलाई रासस भन्नेबित्तिकै २०३२ सालको समाचार याद आउँछ ’,मंगलबार प्रेस चौतारी नेपाल रासस शाखाको चौथो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालले भने,‘म पक्राउ परेको समाचार मल्ल के सुन्दरले लेखेका थिए ।’ आजको राजधानी दैनिकमा खबर छ ।
0 comments
Write Down Your Responses