पोर्चुगलमा भएको नेपालीहरूको कार्यक्रममा हानाहान----भिडियो हेर्नुहोस्


कांग्रेस युवा नेता एवं सभाषद् गगन थापा  सहभागी भएका   पोर्चुगलको   एक कार्यक्रममा हंगामा भएको छ  ।
देशमा विभक्त देखिएको राजनीतिको प्रभाव पोर्चुगल एनआरएनमा पनि देखिएको हो ।

पोर्चुगलस्थित नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको अधिवेशनमा सहभागी हुन त्यहाँ पुगेका गगन थापालाई कार्यक्रममा कालो झण्डा देखाइएपछि हंगामा भएको हो ।

विपक्षी मोर्चा समर्थक संगठनका प्रतिनिधीहरु एकाएक कार्यक्रमस्थलमा पसेर कालो झण्डा देखाउँदै नारावाजी गरेपछि आयोजक र उनीहरुबीच झडप नै भएको थियो । एकैछिनमा नेपालीबीच लडाइ र कुटाकुट नै भएको भिडियोमा प्रष्ट देखिन्छ ।केहीबेर सम्म कुटाकुट र हानाहान पछि नारावाजी समेत भएको छ ।


मोर्चा समर्थित कालो झण्डा देखाउनेहरुले सहमतिको आधारमा संविधान जारी गर्नु पर्ने, आदिबासी जनजाति, मधेशी लगायतका सबै समुदायसँग भएका सहमतिलाई संविधानमा सम्बोधन गर्नु पर्ने ।

झण्डा देखाउने क्रममा आयोजक जाइलागेपछि शेरसिंह ठकुरी र रुपक श्रेष्ठ घाइते नै भएका छन् । कालो झण्डा देखाउनेहरुलाई आयोजकले घोंक्र्याएर बाहिर निकालेपछि कालो झण्डा देखाउनेहरुले भने आफूहरुमाथि अनावश्यक दुर्ब्यवहारगरिएको भन्दै प्रहरीमा एफआइआर उजुरी दर्ता गरेका छन् ।
संयुक्त आन्दोलन समितिका सोम शेर्पाले प्रहरीले उनीहरुमाथि कारवाही गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।

नमस्ते नेपाल.कमवाट

0 comments

Write Down Your Responses