मानिसको दिमागलाई टक्कर दिने मेसिन - हेर्नुहोस्
एजेन्सी,
मानिसको दिमागलाई टक्कर दिने मेसिन -
क्यालीफोर्नीया- वैज्ञानिकहरुले विभिन्न खेल आफैँ सिक्न सक्ने मेसिन बनाएका छन्। यो कम्प्युटर प्रोग्रामले अहिलेसम्म ४९ भिडियो गेम सिकिसकेको छ। उसले सिकेका गेममा देखाएको प्रस्तुति कुनै पेशेवर खेलाडीको भन्दा कम छैन।
गुगल डिप माइन्डसँग सम्बन्धित अनुसन्धानकर्ताहरुले यस्तो पहिलो पटक भएको दाबी गरेका छन्। उनीहरुले कुनै सिस्टमले जटिल किसिमको काम सिकेर सफल भएको यो नै पहिलो भएको बताए।
‘अहिलेसम्म आफै सिक्ने खालको सामान्य समस्या यसको लागि प्रयोग गरिएको छ। पहिलो पटक हामीले यसलाई जटिल प्रकारको कामको लागि प्रयोग गर्यौं , जुन मानिसको लागि निकै चुनौतीपूर्ण थियो,’ डिप माइन्डका उपाध्यक्ष हेसाविसले भने।
मेसिनले हरायो कास्पारोवलाई
आफै सिक्ने मेसिन बनाउनको लागि टेक्नोलोजी कम्पनीहरुले लगानी बढाइरहेका छन्। गुगलले डिप माइन्डलाई ४० करोड डलरमा खरिद गरेको बीबीसीले जनाएको छ। आइवीएमको सतरन्ज खेल्ने कम्प्युटर डिप ब्लुले १९९७ मा भएको एक चर्चित म्याचमा विश्व च्याम्पियन गैरी कास्पारोलाई हराएको थियो। तर यो कम्प्युटरमा पहिले नै दिशानिर्देश गर्ने प्रोग्राम राखिएको थियो।

२९ खेलमा यसको प्रदर्शन एक खेलाडीको बराबर थियो। पिनवल, बक्सिङ र ब्रेक आउटमा यसको प्रदर्शन पेशेवर खेलाडीको भन्दा निकै राम्रो थियो। यसले सिस्टमबाट के गर्नु पर्छ भन्ने कुरा पिक्सेलबाट सिक्ने हेसाविसले बताएका छन्। कुनै नयाँ गेम स्क्रिनमा दिने हो भने केही समय खेले पछि यसले आफै के गर्नु पर्छ भन्ने पत्ता लगाउने उनले दाबी गरे।
मेसिनको आवाज चिन्ने सफ्टवेयर बन्सक्छ

यस प्रकारको मेसिन मानिसको आवाज बुझ्न सक्ने र आवाज चिन्न सक्ने सफ्टवेयर बनाउनमा प्रयोग गर्न सकिने दाबी गरिएको छ।
कारखाना वा घरमा काम गर्ने रोवर्टमा आकस्मिक घटनाको प्रोग्रामिङ गर्न नसक्ने समस्या भएको हेसाविसले बताएका छन्। उनले भनेका छन् ‘तर केही हदसम्म यो मेसिनले स्वत बुझ्ने गर्छ, सिक्न सक्छ।’
स्मार्ट मेसिन बनाउने यो ताजा अनुसन्धानलाई महत्वपूर्ण उपलब्धी मानिएको छ। यसको प्रयोग चालक रहित कारमा महत्वपूर्ण हुन सक्ने अनुमान गरिएको छ। पछिल्लो डिसेम्वरमा प्रोफेसर स्टेफन हकिन्सले मानिसको जसरी सोच्न सक्ने र सिक्न सक्ने मेसिनको विकास मानवजातिको बिनासको कारण बन्न सक्ने चेतावनी दिएका थिए।
स्रोत -- एजेन्सी ( Nepal Japan . com )
0 comments
Write Down Your Responses