इजरायलमा अन्तराष्ट्रिय नारी दिवश तथा मनोचिकित्सकसंगको अन्तरकृयातमक कार्यक्रम सम्पन्न-- यो पो हो त एकता भनेको ---हेर्नुहोस्
१०५ औ अन्तराष्ट्रिय नारी
दिवशको पावन अवसरमा विष्वभरी छरिएर रहेका नेपालीहरूलाई सकारात्मक संदेश दिदै नारीका लागि नारी परोपकारी
अक्षयकोष र नेपाली नारी आवाजको संयुक्त आयोजना तथा इजरायलमा रहेका १४ वटा सामाजिक
संघसंस्थाहरूको सहआयोजनामा ऐतिहासिक रूपमा
१०५ औ अन्तराष्ट्रिय नारी दिवश, मनोचिकित्सक डा. अनुपम पोखरेलसंगको अन्तर्कृयात्मक
कार्यक्रम तथा नारीका लागि नारी परोपकारी अक्षयकोषको वार्षिकोत्सव सम्पन्न भएको छ ।
मार्च
१३ शुक्रवार इजरायलको तेलअभिवमा सम्पन्न उक्त कार्यक्रममा इजरायलका लागि नेपाली
राजदुत महामहिम प्रल्हाद कुमार प्रसाईको प्रसाईको
प्रमुख आतिथ्यता साथमा साथमा उहाँकी धर्मपत्नी सिता प्रसाई, अष्ट्रेलियाको
मेलवर्न Mitcham Private Hospital मा कार्यरत मनोचिकित्सक डा. अनुपम पोखरेलको
विशिष्ट आतिथ्यता, नेपाली राजदुतावास इजरायलका काउन्सिलर तथा उपनियोग प्रमुख खड्ग
प्रसाद दाहाल साथमा उहाँको धर्मपत्नी लक्ष्मी दाहाल, द्वितिय सचिव रोशन खनाल, इजरायलको हादसा एन्करेनमा कार्यरत डा. श्री कृष्ण काशिछ्वा र डा.सविता
काशिछ्वा, नारीका लागि नारी परोपकारी
अक्षयकोषकी सल्लाहकार तथा समाजसेवी
इजरायली नागरिक मिमी सम्यूलको विशेष आतिथ्यता तथा विभिन्न सामाजिक संघसंस्थाका
प्रतिनिधीहरू, समाजसेवीहरू, अनलाईन वेस न्यूज मिडियाका पत्रकारहरूको आतिथ्यता
रहेको थियो ।
आशनग्रहणको
कार्यक्रमसंगै आयोजक तथा सहआयोजक संघसंस्थाका प्रतिनिधीहरूको परिचयात्मक कार्यक्रम
राखिएको थियो । अन्तराष्ट्रिय नारी दिवश समारोहका प्रमुख अतिथी
राजदुत महामहिम प्रसाई र विशिष्ट अतिथी
डा. पोखरेलद्वारा कार्यक्रमको व्यानर ओपन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमको शुरूवातमा राष्ट्रिय गानद्वारा राष्ट्रको सम्मान तथा १०५ औ
अन्तराष्ट्रिय नारी दिवशकै दिन वलात्कारको शिकार हुदै मृत्युवरण गरेकी वाराकी ६
वर्षिया वालिका पुजा शाहको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।



नारीका
लागि नारी एक करोड एक रूपैया परोपकारी अक्षयकोषको वार्षिकोत्सव मनाउने क्रममा संस्थाका पदाधिकारीहरूले संस्थाले एक वर्षको अन्तरालमा गरेका सामाजिक
गतिविधीहरूप्रति प्रष्ट्याउदै वार्षिक
तथा आर्थिक प्रतिवेदन र भावी कार्य योजनाको विषयहरू प्रश्तुत गरेका थिए । त्यसैगरी नारीका लागि नारी
परोपकारी अक्षयकोषद्वारा नेपाली
राजदुतावास इजरायल मार्फत सम्माननिय सभामुख समक्ष देशमा वढिरहेका महिला हिंसा तथा
वलात्कारका घटनाहरूको विषयलाई केन्द्रित गर्दै सभामुख मार्फत संविधान सभामा बहस,
छलफल र निर्णयको लागि इजरायलवासी नेपालीहरूको हस्ताक्षर सहितको ज्ञापनपत्र
वुझाईएको थियो । ज्ञापन पत्र वुझ्ने क्रममा महामहिम राजदुत प्रसाईले यथासक्य
सम्वन्धित निकायमा उक्त ज्ञापन पत्र पुर्याउने प्रतिवद्दता जाहेर गर्नुभएको थियो ।
कार्यक्रमलाई संवोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली
राजदुतावास इजरायलका राजदुत महामहिम
प्रसाईले यसरी एकतावद्द भएर १०५ औ अन्तराष्ट्रिय
नारी दिवश मनाएकोमा खुसी व्यक्त गर्दै डा. पोखरेलसंगको अन्तकृयात्मक कार्यक्रम
इजरायलवासी नेपालीहरूको लागि निकै प्रभावकारी भएको वताउनुभयो । त्यसैगरी नेपाली
नारी आवाजकी स्वयंसेविका अम्विका
क्षेत्री र सुचित्रा खनियाले शुभकामना मन्तव्य राख्ने क्रममा नेपाली नारी आवाज
र नारी दिवशको वारेमा चर्चा गरेका थिए ।
कार्यक्रमलाई थप मनोरन्जनात्मक वनाउने क्रममा ‘’खासै राम्रो नाच्न त जान्दिन म’’ भन्दै मोनिका शर्माको दमदार नृत्य रहेको थियो भने कलाकार समाज इजरायलवाट रानु
सुवेदी र नविन खरेलले गितवाट मोहनी लगाउदै
सवैलाई नचाएका थिए । देश विदेशमा वस्ने
नेपालीहरूको सुविधालाई मध्यनजर गर्दै उक्त कार्यक्रमको रेडियो नमस्ते नेपाल डट कम
र रेडियो हिमशिखर डट कमद्वारा प्रत्यक्ष
प्रशारण समेत गरिएको थियो । १०५ औ अन्तराष्ट्रिय नारी दिवश मनाउनुको सार्थकतामाथी
प्रष्ट्याउदै उक्त कार्यक्रमको संचालन
संचारकर्मी तथा नारीका लागि नारीकी संस्थापक शुभद्रा भण्डारीले गर्नुभएको थियो भने
कार्यक्रमको समापन नारीका लागी नारीकी जेष्ठ आजिवन सदस्य हजुरी शाह कंडेलले
गर्नुभएको थियो । कार्यक्रम साँझ ९
वजेदेखी राती पौने दुई वजेसम्म चलेको थियो
।
0 comments
Write Down Your Responses