६ वर्षिया अवोध वालिका पुजा शाहको वलात्कारीलाई ३५ वर्ष जेल ..

वारी कलैयाकी ६ वर्षिया अवोध वालिका पुजा शाहलाई   बलात्कार गर्ने अपराधी कन्हैया गुप्तालाई  वालिकाको मृत्युपश्चात वलात्कार र हत्या  अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत वाराले  ३५ बर्षको कैद र दुई लाख जरिवानाको सजाय सुनाएको छ । न्यायाधीश लिप्तबहादुर थापा क्षेत्रीको इजलासबाट थुनछेक बहसको पहिलो सुनवाईकै क्रममा यो मुद्दा फैसला भएको  जिल्ला अदालत वाराले जनाएको छ ।
गत फाल्गुन ८ गते वेलुका हजुरआमाको साथमा हिडिरहेकी वालिकालाई गुप्ताले अपहरण गरेर वलात्कार गरी  यौनाङ्गमा काठ रोपेर फालेको  अवस्थामा भेटिएको थियो ।  उपचारको क्रममा वलात्कार भएको १५ दिन पश्चात कान्ति वाल अस्पतालमा अन्तराष्ट्रिय नारी दिवशको दिन वालिकाको मृत्यु  भएको थियो । उनको मृत्युपश्चात  आक्रोशित स्थानीयले ६ दिनसम्म लागातार कलैयामा शव राखेर धर्ना गरेका थिए भने रक्षा नेपाल लगायत विभिन्न  महिला अधिकारकर्मीहरूले वलात्कारीलाई फासीको सजायको माग गर्दै विरोध प्रदर्शन गरेका थिए ।  स्थानीय प्रसाशनसंगको सहमतिपछि शनिबार साँझ बालिकाको अन्तिम संस्कार गरिएको थियो।
मंगलबार अदालतले सुनाएको फैसलालाई पिडित परिवार, बेटी बचाउ संघर्ष समिति र विभिन्न अधिकारवादी तथा सामाजिक संघसंस्थाले स्वागत गरेका छन् ।


0 comments

Write Down Your Responses