कस्तो अनौठो कलम गलत लेख्यो की संकेत गरिहाल्छ - भिडियो सहित हेर्नुहोस्
(एजेन्सी)
कस्तो अनौठो कलम गलत लेख्यो की संकेत गरिहाल्छ । कम्प्युटरको संसारमा एउटा यस्तो प्रविधिको विकास भइसकेको छ जुन तपाईंको जिन्दगीभर काम आउन सक्छ । यसका लागि भने तपाईंको पढ्ने–लेख्ने चाहना भने हुन आवश्यक छ । लर्नस्टिफ्ट नामको एउटा यस्तो कलमको आविष्कार भइसकेको छ जसले तपाईंको गल्तीहरुलाई पत्ता लगाउनेछ अर्थात जब तपाईं यो पेनले केहि लेख्नुहुन्छ तब लेखिएको हरेक शब्दहरुलाई डिटेक्ट गर्नेछ र कुनै पनि गलत भएको खण्डमा तपाईंलाई जानकारी पनि दिनेछ ।
फाल्क वोल्स्की र ड्यानियल क्यासम्याचेरद्वारा बनाइएको यो पेनको बिचार त्यतिबेला आयो जब वोल्स्कीकी श्रीमती आफ्ना बच्चाहरुलाई पढाइरहेकी थिइन् । पढाउने क्रममा उनले लेख्नमा केहि गल्ती हुन पुग्यो र त्यतिबेला उनले गल्ती बताइदिने कलम भइदिए कति राम्रो हुने थियो भन्ने कल्पना गरिन् । श्रीमतीको यहि कल्पनालाई वोल्स्कीले यथार्थमा परिणत गरिदिएका छन् । लर्नस्टिफ्ट स्पेलिङमा गल्ती भएको खण्डमा भाइब्रेट हुने गर्दछ ।
यो पेनभित्र एउटा सानो कम्प्युटर जडान गरिनुका साथै मोसन सेन्सर, प्रोसेसर, मेमोरी र वाइफाई मोड्युलको पनि प्रयोग गरिएको छ । बच्चाहरुले चाहेको खण्डमा यसमा पेन्सिल, बलपेन अथवा फाउन्टेन पेनको पनि प्रयोग गर्न सक्नेछन् । यो पेन हाल परिक्षणको लागि मात्र लिईएको छ । वजारमा केही समयपछी उपलव्ध हुने जनाईएको छ ।

0 comments
Write Down Your Responses