हनिमुन मनाउने क्रममा यत्रो दुर्घटना तर इतिहासमै लेखियो विष्व रेकर्ड - हेर्नुहोस्

कहिलेकाही रमाईलो मौशममा पनि अनौठा दुर्घटना हुने गर्छन् । यस्तै भएको छ श्रीलंकामा हनिमुन मनाईरहेका एक जोडीलाई । एक डच मूलका व्यक्तिले श्रीलंकामा हनिमुन मनाउनका लागि चार हजार फिट अग्लो पहाड चढेर संसारको दृश्यवलोकन गरिरहेका थिए तर अचानक उनको खुट्टा चिप्लँदा उनी चार हजार फिट तल खसे । तर अचम्मको कुरा के छ भने यति माथिबाट खस्दा पनि उनलाई केहि भएन ।   ३५ वर्षीय ममिथो लेन्डासको दुर्घटना त्यतिबेला भयो तब उनी आफ्नी श्रीमतीको तस्बिर खिचिरहेका थिए ।



डेली मेलमा जनाईएअनुसार  घटनाको सूचना पाउने बित्तिकै राहत दलले ती व्यक्तिको ज्यान बचाए र उनी इतिहासमा यो उचाईबाट खसेर पनि जिउँदो भएको पहिलो व्यक्ति बन्न सफल भए । सुरुवातमा ४० सैनिकहरु उनको बचाउनका लागि संलग्न भएपनि पछि सेनाको हेलिकप्टर नै बोलाउनु परेको डेली मेलले बताएको छ । सैनिकहरुले डोरीको मद्दतले लेन्डासको ज्यान बचाउन सफल भएका हुन् ।   श्रीलङ्का आर्मीका प्रवक्ता ब्रिगेडियर जयनाथ जयवीराका अनुसार उनको भाग्य बलियो भएका कारण बाँच्न सफल भएका हुन् । उनी भन्छन्, ‘लेन्डास निकै भाग्यमानी हुन् । उनी १३० फिटमाथिबाट रुखमा खसेका हुन् ।’   चार हजार फिट माथिबाट खस्दा पनि उनी जीवित हुँदा थुप्रै मानिसहरु अचम्ममा परेका छन् । 

0 comments

Write Down Your Responses