बलात्कारीलाई २४ घण्टाभित्र मार्न पाईने कानुन वन्दै - हेर्नुहोस्


बलात्कारीलाई २४ घण्टाभित्र पीडितले मारे कानुन नलाग्ने कडा व्‍यवस्थासहित कानुन बनाउन  लागिएको हुदा वलात्कारका घटनामा न्यूनिकरण हुने अनुमान गरिएको छ ।

नेपालमा विद्यमान कानुन अनुसार जरजस्ती करणी गर्ने व्यक्तिलाई पीडित महिलाले बलात्कार गरेको एक घण्टाभित्र मारेमा कुनै सजाय नहुने व्‍यवस्‍था छ । तर, अब यो कानुन संशोधन हुँदैछ । अब बलात्कारीलाई २४ घण्टाभित्र पीडितले मारे कानुन नलाग्ने कडा व्‍यवस्थासहित कानुन बनाउन लागिएको छ ।

पछिल्लो समय बलात्कारका घटनाहरु बढ्दै जान थालेपछि यसलाई कम गर्न कडा कानुनको माग हुँदै आएको छ । बलात्कारमा संलग्नहरु सजिलै उम्कने गरेका कारण पनि कडा कानुनको आवश्यकता महसुस गर्न थालिएको छ । त्यसैले विद्यमान कानुन संशोधन गर्न गर्दै बलात्‍कारविरुद्ध कडा कानुन बनाउनुपर्ने माग उठिरहेको छ ।

यतिबेला लैंगिक समानता कायम गर्न तथा लैंगिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्नेको विधेयक विचाराधीन छ । केही नियमहरु कडा बनाइए पनि यो विधेयकले कानुनको रुप नलिइसकेका कारण महिला सुरक्षा र हितमा पूर्ण कटिबद्ध र कानुनी दायरा फराकिलो हुने गरी ऐन संशोधन हुन्छ भन्नेमा महिला अधिकारवादीहरु अझै सशंकित नै छन् ।


महिला हिंसा विरूद्ध काम गर्दै आएको संस्था दिदीबहिनी, नेपाल डेमोक्र्याटिक इन्स्टिच्यूट र यूएसएडको संयुक्त आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेष चाँदताराले विधेयकमा पनि अझै केही जटिलता रहेकाले यसमा सुधारको आवश्यकता औंल्याएका छन् ।

विधेयकमा पशुकरणीमा उजुरीको लागि एक वर्षसम्मको हदम्याद रहेकाले बलात्कारमा परेका महिलालाई पहिले रहेको ३५ दिने हदम्यादबाट बढाएर ६ महिना कायम गरिएको छ । यद्यपी यो समय पनि अपुग रहेको बताइन्छ ।
उता संचारिका समूहकी अध्यक्ष निर्मला शर्मा हाल फेसबुक, टुइटरलगायतका सामाजिक संजालमार्फत महिला हिंसामा पर्ने गरेका र यस्ता हिंसालाई विघुतिय कारोबार ऐनले पनि नसमेट्ने हुनाले यस विधेयकमा समेटिनु पर्ने सुझाब दिन्छिन् ।
नेपाल जापान डट कमवाट
मनोरन्जनात्मक कोशेलीहरूका लागि तलको  फेसवुक पेजमा  एक लाईक गर्नुहोला .

0 comments

Write Down Your Responses