भारत र वेलायतमा गरिने गोर्खाली सेनामा भर्ती वन्द गरिनुपर्ने माग
काठमाडौं : भारत र बेलायतमा हुँदै आएको गोर्खाली सेना भर्ती बन्द गर्न माग गरिएको छ । वर्षौ पहिलादेखी नेपलमा भन्दा राम्रो आम्दानी हुने भन्दै हजारौ नेपाली युवाहरू भारत र वेलायतको शुरक्षाको लागि युद्द लडिरहेका छन् । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सोमबार काठमाडौंमा गरेको कार्यक्रमका वक्ताले परिवर्तित सन्दर्भमा नेपालको राष्ट्रिय एकता बचाउँदै नेपालीको शिर ठाडो तुल्याउन यस्ता भर्ती रोकिनुपर्नेमा माग गरेका छन् ।
राससका अनुसार कुटनीतिक विश्लेषक दीर्घराज प्रसाईँ र आयोजक संस्थाका अध्यक्ष फणीन्द्र नेपालले भारतलाई स्वतन्त्र बनाउन योगदान दिने गोर्खा सैनिकलाई भारतले उच्च सम्मान गर्नुपर्ने समेत वताए ।
सो अवसरमा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपाल सरकारले विभिन्न क्षेत्रमा देखिएको सीमा विवादलाई कूटनैतिक माध्यामबाट सुल्झाउने कामलाई प्राथमिकतामा राख्नुपर्ने औंल्याए ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठले मन्तव्यको क्रममा कालापानी, सुस्तालगायत क्षेत्रमा मिचिएको भूमि फिर्ता गर्न भारत सरकारसँग माग गरे । सो अवसरमा भारतको गणतन्त्र स्थापनामा गोर्खाली सेनाले देखाएको बहादुरीका बारेमा बनाइएको वृत्तचित्र प्रदर्शन गरिएको थियो । गोर्खाली सेनाको शान विष्वभर नै प्रख्यात नाम हो जुन विरता नेपालीले देखाएका थिए ।
तलको फेसवुक पेजमा क गर्नुभएको छैन भने एक लाईक अवश्य गर्नुहोला .लाई.
0 comments
Write Down Your Responses