प्रेमिकाको अस्लिल भिडियो सार्वजनिक गरेपछी.......हंगामा ?
एजेन्सी - विश्वास कसको गर्नु र अव , आफनै प्रेमी अपराधी वनेर निस्किएपछी ... ?
भारतको नयाँ दिल्लीमा २० वर्षीय एक युवतीले आफ्नै प्रेमीमाथि आफूसँग भएको गोप्य भिडियो फेसबुकमा राख्ने धम्की दिएर ५० हजार रुपैया मागेको आरोपमा प्रहरीमा उजुरी गरेकी छन् ।युवतीले उसँगको प्रेम सम्बन्ध तोडेपछि यस्तो हर्कत गरेको बताएकी हुन् । ती युवतीले प्रेमी अपराधी भएको थाहा पाएपछि सम्बन्ध तोडेकी थिईन् । यसबाट हैरानीमा परेकी उनले प्रहरीमा उजुरी दिएकी हुन् ।
ती महिलाको उजुरीपछि आरोपी आसिफ अनवरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी अनुसन्धानका क्रममा उनीहरुबीच एक होटलमा यौन सम्बन्ध भएको र सोही भिडियो मोबाइलमा लिएर युवक हिडिरहेको पत्ता लागेको छ ।दुईवर्षअघि साथी भएका उनीहरुबीच पछि प्रेम सम्बन्ध भएको थियो । प्रेम सम्बन्ध टुटेपछि युवकले सम्बन्ध जारी नराखे भिडियो सार्वजनिक गर्ने धम्की दिएका थिए ।युवतीसँग उनले ५० हजार रुपैया लिएर उनकै नामको फर्जी फेसबुक एकाउन्ट खोलेर भिडियो अपलोड गरिदिएका थिए । अहिले उक्त घटनाले हंगामा भएको छ ।
तलको फेसवुक पेजमा लाईक गर्न छुटाउनुभएको छ भने एक लाईक गर्नुहोला । रमाईला . अनौठा खुराकहरू पाईरहनुहुनेछ ।


0 comments
Write Down Your Responses