विमानवाट हामफाल्न लगाएर वचाए पाईलटले यात्रुहरू - हेर्नुहोस्

  काठमाडौं, पौष २३ ।
न्युजिल्याण्डको सानो बिमानमा खराबी आएपछी पाइलटले यात्रुहरुलाई प्यारासुट मार्फत हामफाल्न लगाई १३ जना यात्रुको ज्यान जोगाएका छन् ।

न्युजिल्याण्डबाट उत्तरी क्षेत्रमा रहेको ऱोटोनगायो पे स्थित टउपो ताल नजिकै गइपुग्दा बिमानको इन्जिनमा खराबी आएपछि बिमान चालकले विमानमा सवार र चालकदलका सदस्यहरु सहित  १३ जना विमान सवारहरुलाई हामफाल्न लगाई ज्यान जोगाएका हुन् ।

बिमानमा सवार सबैले हामफालेपछि चालकले पनि हामफालेका थिए  । बिमानका यात्रुहरु हामफालेको केही बेरमा नै बिमान दुर्घटनाग्रस्त भएको बताइएको छ ।

यात्रुहरुले तेन्डेम जम्पकोलागि तउपो स्काई ड्राइभको उडान लिएका थिए । तर, बिमान उडेको केही बेरमा नै इन्जिन बन्द भएको संकेत चालकले पाएपछि उनीहरुको इच्छा भयानक दुर्घटनामा परिणत भएको थियो । तर उनीहरु मृत्युको मुखमा पुगेर भएपनि बाँच्न सफल भएका छन् ।
A1khabar.com


0 comments

Write Down Your Responses