world
»
आइएसआइएसद्वारा ओबामालाई धम्कीः- ओवामालाई टाउको काटेर अमेरिकालाई मुस्लिम राष्ट्र बनाउँछौँ -भिडियो सार्वजनिक
आइएसआइएसद्वारा ओबामालाई धम्कीः- ओवामालाई टाउको काटेर अमेरिकालाई मुस्लिम राष्ट्र बनाउँछौँ -भिडियो सार्वजनिक
वासिङ्टन, माघ १५ एजेन्सी,
आइएसआइएसले संसारका सबैभन्दा शक्तिशाली व्यक्ति अमेरिकाका राष्ट्रपती बाराक ओबामालाई ह्वाइट हाउसमा छिरेर उनको टाउको काट्ने धम्की दिएको छ ।
बुधबार एक भिडियो जारी गर्दै ओबामाको टाउको काटी अमेरिकालाई मुस्लिम राष्ट्र घोषणा गर्ने पनि बताएको छ । आतंककारी संगठन आइएसआइएसमाथि नियन्त्रण पाउनको लागि अमेरिका र ओबामाको सबै प्रयास विफल भइरहेको अवस्थामा आइएसआइएसले यस्तो धम्की दिएको हो ।


उनीहरुले दिएको नयाँ धम्कीले उनीहरु अमेरिकाको इन्टेलिजेन्स र सेनाको प्रतिस्पर्धामा निकै बलियो बनिरहेको प्रमाणित थुप्रै समाचार एजेन्सीहरुले टिप्पणी गरिरहेका छन् । आइएसआइएसले जुन भिडियो जारी गरेको छ त्यसमा तीन आतंककारी देखिएका छन् र भिडियोमा उनीहरुले अमेरिकालाई पूरै मुस्लिम राष्ट्र बनाउने घोषणा गरेको छन् । आफूहरु अमेरिका आउन लागेकोसमेत उनीहरुले सो भिडियोमा जानकारी दिएका छन् । उनीहरुले भनेका छन्, ‘हामी ह्वाइट हाउसभित्र जर्बजस्ती घुसेर ओबामाको टाउको काट्नेछौँ । चाँडै नै अमेरिकामा पनि इस्लामिक राष्ट्र बन्नेछ ।’ यो धम्कीसँगै उनीहरुले भिडियोमा देखिएका एक व्यक्तिको पनि टाउको काटेका छन् । यो भिडियोमा ह्वाइट हाउसमा हमलाको धम्कीका साथसाथै फ्रान्स र बेल्जियममाथि पनि हमलाको धम्की दिइएको छ । उनीहरुले कारमा बम राखेर पूरै फ्रान्स र बेल्जियमलाई ध्वस्त पार्नेसमेत धम्की दिएका छन् ।
0 comments
Write Down Your Responses