भारतिय संचार माध्यामको सहयोगमा,
अमेरिकी राष्ट्रपति बाराक ओबामा दम्पती भारतको गणतन्त्र दिवसमा प्रमुख अथितिको रुपमा सहभागी हुन ओबामा आइतबार भारत आइपुगेका हुन् । ओवामाको स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रोटोकल मिचेर आफैं दिल्ली एयरपोर्ट पुगेको कुरा हिजो नै भारतिय संचार माध्याममा छाएको थियो । उता ओबामाले पनि आफ्नै सुरक्षा एजेन्सीले स्थापित गरेको एक नियम मिचेको कुरा वाहिर आएको छ । सुन्दा अनौठो लाग्छ, अमेरिकी सुरक्षा एजेन्सीले ओबामालाई २० मिनेट भन्दा बढी एक ठाउँमा नबस्ने नियम बनाएको भएपनि ओबामाले भारतमा त्यो नियम मिचेका छन् ।
गणतन्त्र दिवसको अवसरमा नयाँ दिल्लीको राजपथमा आयोजित गणतन्त्र दिवस समारोहमा ओबामा लगातार बसेर २० मिनेटको कानून उल्लङ्घन गरेका हुन् । यतिबेला भारतमा ओबामाको सर्वत्र चर्चा चलेको छ ।
मनोरन्जनात्मक कोशेलीहरूका लागि तलको फेसवुक पेजमा एक लाईक गर्नुहोला
२० मिनेट भन्दा बढी एक ठाउँमा वसेर ओवामाले नियम उलंघन गरे । हेर्नुहोस्
0 comments
Write Down Your Responses