गजलसंग्रह ‘झरी ..
पछिल्लो समयमा चर्चामा रहेको सञ्चारकर्मी एवं गीतकार डब्बु क्षत्रीद्वारा लिखित गजलसंग्रह ‘झरी’ अव दर्शकले हेर्न पाउने भएका छन् । यही माघ १९ गतेवाट नेपाल टेलिभिजनमा रिलिज हुने उक्त गजलसंग्रहमा जुगल डंगोलको संगीत र अञ्जना गुरुङको स्वर रहेको छ । अभिनय गर्ने क्रममा श्रीमानको भूमिकामा अभिनेता एवं सञ्चारकर्मी श्याम अर्याल, कान्छी श्रीमतीको भूमिकामा अभिनेत्री मोनिका दाहाल र जेठी श्रीमतीको भूमिकामा मोडल खुसी घिमिरे छन् । छायाङंकनमा निरोज श्रेष्ट रहेका छन् भने निर्देशन मित्र गुरुङले गरेका छन् । यता आफूले सोचेको भन्दा निकै राम्रो अभिनय रहेको अपेक्षा गरेको मोडल खुसीले बताएकी छिन् । समाजमा हुने गरेका वास्तविकतालाई नियाल्दै सो संग्रहमा विवाहको नाममा कंलक तथा छाडापनले जिवन तहशनहश भएको देखाईएको छ ।
गत मंगलबार राजधानीमा छायांकन गरिएको यो भिडियोले नेपाली समाजमा विवाहको नाममा युवतीले पुरुषलाई ठग्ने विकृतिको भण्डाफोर गर्ने निर्देशक क्षत्रीको कथन छ । जसमा मध्यम वर्गका श्रीमानले जब बिहे गर्छन् केही समयपश्चात उनलाई आफ्नी श्रीमती मन पर्दैन । क्याफे र डान्सवारमा भेटिएकी बारुले कम्मर भएकी युवतीलेप्रती उऩको मोह वढ्छ । घऱकी श्रीमतीलाई केही नजानेकी पाखे भन्दै यातना दिन शुरू हुन्छ । शहरिया केटीसंगको लसपसमा एकदिन कान्छी श्रीमती वनाएर घऱ लिएर जान्छ । अव घरमा २ वटी श्रीमतीहरूको दिनदिनको झैझगडाले उसको निकै टाउको दुख्छ ।
कान्छीले सम्वन्धविच्छेदको लागि मुद्दा दायर गर्छे उनलाई अंशस्वरूप ५० लाख तिर्नुपर्छ भने उता जेठी श्रीमतीले विग्रिएको संसार देख्न र शहन नसकी आत्महत्या गर्छे त्यसपछी ऊ एक्लो पर्छ । जेठीको मायालाई वुझ्न सकिन कान्छी स्वार्थी रहिछ । धनसम्पतीको लागि माया गरेको नाटक गरेकी रहिछ ।ऊ एक्लो हुदै मानशिक रोगको शिकार हुन्छ । पश्चातापमा आफुलाई धिक्कानुशिवाय केही हुदैन ।
खुसीका विरुद्ध श्यामले मोनिकालाई भित्र्याएपछि..के भयो हेर्नुहोस् ...
तलको फेसवुक पेजमा एक लाईक गर्न छुटाउनुभएको छ की ? एक लाई गर्नुहोस् . सधै रमाईला रमाईला समाचारहरू प्राप्त गर्नुहोस् ।
0 comments
Write Down Your Responses