युवतीलाई वन्धक वनाएर २२ जनाद्वारा साताभर यौन शोषण

मोरङ,असोज ४ –

विराटचोकमा एक युवतीलाई सात दिनसम्म होटलमा ‘बन्धक’ बनाएर योन शोषण गरिएको घटना सार्वजनिक भएको छ । पीडित युवतीले प्रहरीमा उजुरी गरेपछि घटनाको खुलासा  भएको हो । बन्धक बनाउने एक महिलासहित ३ जनालाई प्रहरीले   हिरासतमा लिएको छ ।
इलाका प्रहरी बेलबारीका निरीक्षक दर्गाप्रसाद दाहालका अनुसार मधुमल्ला ५ की जुनु मगरले आफ्नै गाँउकी युवतीलाई बजार घुमाइदिन्छु भन्दै   बन्धक बनाएरु २२ जनाद्वारा साताभर यौन शोषण गराएको पिडीतले वताएकी छिन् ।

 जुनुले गत भदौ २४ गते कोसी हरैचा नगरपालिकाको विराटचोक ल्याएकी थिइन्  स्थानीय ‘होटल आग्रह’मा लगेर होटल साहु दिनेश श्रेष्ठको मिलेमतोमा  ती युवतीलाई बन्धक बनाएकी हुन् ।युवतीलाई होटलको कोठामा राखेर जुनुले दैनिक रुपमा ग्राहक खोज्दै पैसा लिएर यौन शोषण गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको दाहालले बताए । सात दिनसम्म यौन सिकार भएकी युवती बिहीबार भागेर प्रहरीकहाँ पुगेकी थिईन ।आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses