News
»
३ सय नेपाली कामदारले इजरायलमा रोजगार पाउने
३ सय नेपाली कामदारले इजरायलमा रोजगार पाउने
विगत ५ वर्षदेखी वन्द इजरायलको रोजगारी खुल्ने संकेत देखिएको छ । इजरायलले पाइलट
प्राजेक्ट अन्तर्गत पहिलो चरणमा ३ सय जना नेपाली कामदार लैजाने भएको छ । यसरी जाने
नेपालीले केयर गिभर (हेरचाह गर्ने)को काम गर्नुपर्नेछ । नेपाली कामदार लिने
सम्बन्धमा छलफल गर्न आएको इजरायली टोली र नेपाल सरकारका प्रतिनिधिबीच यस्तो सहमति
भएको हो । कामदार पठाउने मोडालिटीबारे भने टुंगो लागेको छैन् । दुईपक्षीय वार्ता
गरी साझा खाका बनाएर मोडालिटी टुंगो लगाउने सहमति भएको छ । इजरायलमा सरकारी तहबाट
कामदार पठाउने सम्बन्धमा दुई देशका अधिकारीबीच आइतबार काठमाडौंमा सुरु भएको वार्ता
सोमबार सम्पन्न भएको छ । इजरायलका दुई सरकारी अधिकारी र नेपालका लागि इजरायली
राजदुत सम्मिलित टोलीले नेपाली अधिकारीसँग वार्ता गरेको हो । आजको अन्नपुर्ण पोष्ट
दैनिकमा खबर छ -
0 comments
Write Down Your Responses