महिलाको स्तनको वर्णन गर्ने अखवारले अन्तत: माफी माग्यो ।
एजेन्सी
मुम्बई, भदौ ३० ।
बलिउड नायिका दीपिका पादुकोण समक्ष एक अंग्रेजी अखबारले माफी मागेको छ । टिओआइ इन्टरटेनमेन्टले आफ्नो ट्वीटरमा दीपिकाका बारेमा गरिएको टिप्पणीप्रति माफी मागेको हो । उसले दीपिकाको एक भिडियोबाट तस्वीर तयार पारेर शारीरिक बनावटबारे गरेको टिप्पणीप्रतिले सर्वत्र चर्चा भएको थियो ।
ट्वीटरमा सो अखबारले दीपिकाको स्तनबारे टिप्पणी गरेको थियो भने दिपिकाले रिसाउदै जवाफमा आफू महिला भएको र स्तन कुनै अस्वाभाविक कुरा नभएको प्रतिक्रिया ट्वीटरबाटै दिएकी थिइन् । सो विषयलाई लिएर फेसवुक लगायत संचार माध्यामहरूमा पनि व्यापक आलोचना भयो । दिपिकाका प्रशंसक र बलिउडकर्मीले उक्त अखबारको व्यापक आलोचना गर्दै दीपिकालाई साथ दिएका थिए ।
लगत्तै सो अखबारले ट्वीटरबाटै दीपिका समक्ष माफी मागेको छ । यतिले पनि मामला नसेलाएपछि उसले उक्त ट्वीट नै हटाएको छ ।
0 comments
Write Down Your Responses