स्तन बढ्दैछ, अब योनी फेर्ने अभियानमा छु ---- अञ्जली

काठमाडाैं ।
  नुवाकोटकी बिष्णु वाईवा उर्फ अन्जली लामा    ट्रान्सजेन्डर हुन् । तर, उनलाइ केटी बन्ने रहर  निकै पहिलेदेखीको हो ।  त्यसैले सञ्चारकर्मी मोहन राईले लामाको बिषयमा एक डकुमेन्टी तयार गरी अन्जलीलाई ‘पूर्ण केटी बनाउने अभियान’ सुरु गरेका छन् ।


अन्जलीको स्तन महिलाको जस्तो बनिसकेको छ भने योनी परिवर्तन गर्ने उनको चाहाना अधुरै छ  । योनी परिवर्तनका लागि दशौ हजार डलरको आवश्यकता पर्छ तर पर्याप्त रकम छैन त्यसैले ,सो रकम संकलन  अभियानमा सहयोग पु-र्याउन निर्देशक राईले डकुमेन्टीको साहारामा अन्जलीका कथाब्यथा बाहिर ल्याउने प्रयाश गरेका हुन् ।

अन्जली लामाको संघर्षको कथा हेर्न बिहिबार पूर्वमिस नेपालहरुको बाक्लो उपस्थिति थियो । प्रिमियर रेड कार्पेटमा हिरोइन ऋचा शर्मा र केकी अधिकारीलगायतको उपस्थित थियो भने अभिनेता शिव श्रेष्ठदेखि लिएर निर्देशक दीपक श्रेष्ठसम्म सहभागी थिए ।
अन्जलीलाई ‘केटी बनाउने अभियान’मा साथ दिन नर्वेजियन ऐम्बेसी, ब्लु डाईमण्ड सोसाईटी, मिलवे फिल्मस र माउन्टेन रिभर फिल्मसको सहयोग छ । आशा गरौ उनको यो इच्छा चाडै पुरा होस् ।

सेतो परेवा

,

0 comments

Write Down Your Responses