News
»
नेपाल हाम्री आमा होइनन्,हाम्रो रगत चुस्ने बोक्सी हुन् ,हरेक रात विदेसीसँग सम्भोग गर्ने वेश्या हुन् --सिके राउत
नेपाल हाम्री आमा होइनन्,हाम्रो रगत चुस्ने बोक्सी हुन् ,हरेक रात विदेसीसँग सम्भोग गर्ने वेश्या हुन् --सिके राउत
काठमाडौं –
नेपाल हाम्री आमा होइनन्,हाम्रो रगत चुस्ने बोक्सी हुन् , यो भनाईले कसको मन नछोला र ?
जड्याहा,नगरबधु,चोर र पाकेटमारका लागि आकर्षित हुने सार्वजनिक अपराध ऐनअन्तर्गत एकजना त्यस्ता व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ,जो खुलेआम पृथकतावादी धारमा छन् र विखण्डनका लागि ह्वास्स साम्प्रदायिकता गन्हाउने अभिव्यक्ति दिँदै हिँडेका छन् । संविधान निर्माण प्रक्रियालाई विषयान्तर गर्न मधेसबाट सारा सेना,प्रहरी,प्रशासक झिकिनुपर्ने,त्यहाँ छुट्टै सार्वभौमसम्पन्न स्वतन्त्र देश,संसद र सरकार अविलम्व घोषणा गरिनुर्ने जस्ता माग राख्ने व्यक्ति अमेरिका रिटर्न सिके राउत हुन्,अहिले मोरङमा प्रहरी नियन्त्रणमा छन् । ‘''नेपाल हाम्री आमा होइनन्,हाम्रो रगत चुस्ने बोक्सी हुन् । हरेक रात विदेसीसँग सम्भोग गर्ने तर बिहान आफनो कौमार्यको अभिमान गर्दै हिँड्ने वेश्या हुन् ।'' यो भनाईले अवश्ययपनि सवैको मन दुख्छ । यसो भन्दै राष्ट्र विभाजनको वकालत गर्दै हिँड्ने व्यक्ति हुन् सिके राउत ।

वरामद,पुस्तक,दस्तावेज,गीत–संगीत र गतिविधिका रिपोर्टअनुसार राउतले १२ वर्षभित्र नेपालबाट मधेसलाई अलग गराउने परिपक्व योजना बनाएको देखिन्छ । राष्ट्रपति,उपराष्ट्रपति,प्रधानन्यायधीश,रक्षा र गृहमन्त्रीसमेत तराई–मधेसका बासिन्दाले चलाएको उनले पृथक मधेसका लागि अचम्मको अभियान छेडेको देखिन्छ । देश विखण्डनको वकालत गर्दै हिँड्नेलाई राज्यविरुद्धको अपराध र सजायँ ऐन २०४६ अन्तर्गत कारबाही हुने प्रावधान छ तर उनीमाथि अहिलेसम्म सामान्य ढंगको मात्र कारबाही चलाइएको छ । यतीवेला जनताको प्रश्न रहेको छ किन पुर्णत; कारवाही हुन सकिरहेको छैन । ,पृथकतावादी आन्दोलनको ‘हिरो’ बनाउने गरी थुनिँदै छुट्दै गर्न पाउने मुद्दा आभियोजन गरिँदैछ । उनले मधेसको आफ्नै भुगोलको नक्शा,राष्ट्रिय गान र झन्डासमेत बनाइसकेका छन् । आफ्नै राष्ट्रिय गानलाई तराईको मोवाइलको रिङटोनका रुपमा छरेका छन् । १८–३० वर्षका युवालाई लडाकु बन्न प्रशिक्षण दिने गरेका छन् ।
आजको जनआस्था साप्ताहिकमा खबर छ । -
0 comments
Write Down Your Responses