अविश अधिकारी भिम, पोखरा,
वास्तबमा हामी रोग लागीसके पछि उपचार खोज्छौ र पछि निको भयछी हामी रोग कसरी लाग्यो भन्य विषयमा कहिल्यै सोच्दैनौ यसै को फल हो सिके राउत! सिके राउत जन्मनुको कारण के? यस विषयमा अझै गम्भीर रूपले हेरीएको छैन! सिके राउत जस्ता व्यक्तिहरु आफैँ पैदा हुँदैनन् सबैले बुज्न जरूरी छ र सामाधानको बाटो लाग्नुको बिकल्प छैन नत्र सिके भन्दा बडी माग लिएर अरू कोही जन्मन सक्छ! देशका सम्पूर्ण नागरिकसँग समान व्यवहार गर्न सक्ने राजनीति, आफुलाई उँचो ठान्दै अरुसँग दुव्र्यवहार गर्ने जाति तथा व्यक्तिको आर्थिक हैशियत हेरेर व्यवहार गर्ने निकाय नै बास्तबमा खतरानाक हो यसको फलस्वरूप सिके राउत जन्मिएको हो ।
मधेश, पहाड र हिमाल मिलेर नै हाम्रो गौरव अनि शान बढेको कुरा राजनितिक दलले बुज्न सकेको छैनन् जनताले सबै सवै साशकको स्वरूप बुझे र भोगे कथित गणतन्त्र त झन मजाले भोग्ने अवसर पाए आखिर के पाए जनता ले ? लोभ तृष्णा आसवासन बाहेक अरू कै पाएनन् जनता ले! मैले समस्या सिके राउतमा देखैछैन सिके जस्ता अरू पनि जन्मन सक्छन भन्नेकुराको चिन्तन हो ! राष्ट राष्टियताको महसुस कहिल्यै गरियन झन गणतन्त्रमा त थोरै अनुभुति पनि गर्न सकिएन कारण के बुज्न जरूरी छ ! म अलग ठाउबाट सोच्दै छु ताकी एक साधारण जनता बनाईएका राजा ग्यानेन्द़ शाह देश दौडाहामा निस्कदा नेपालको राष्टियता झल्कने गरी नेपालको झन्डा फरफरिन्छ तर नेपालको प़धानमन्त्री निस्कदा पार्टीको झण्डा फरफराईनु ठुलो बिडम्वना हो यसैले सिके को जन्म निम्त्याएको हुन सक्छ!
स्कस्टल्याण्ड सग धेरैले दाज्ने गरेको पाए तर समस्या बिलकुल फरक छ! उसले एक स्वतन्त्र
राष्ट्रको रुपमा जे जे पाउन सक्छ युकेबाट पाइरहेकै छ । अब स्वतन्त्र हुँदा विश्व
मानचित्रमा एक नयाँ देशको रुपमा देखा पर्नु सिवाय उसलाई अरु कुनै लाभ हुँदैन तब
स्वतन्त्र भएर के काम ? नेपालमा स्थिति ठिक उल्टो छ, स्कटल्याण्ड सग नेपाल तुलानात्मक रुपमा फरक छ ! गणतन्त्र भन्यौ आखिर के पायौ हिम्सा बलत्कारी महंगी असुरक्षित, गुण्डा गर्दी देश द़ोही, ६०१ को सासन ब्यवस्था पायौ!
अन्तमा बैचारिक भिन्नताले उहिले रोपिएको आत्मियताको जरा उखेलिने हैन जात भात धर्म बर्ण लिंग को कारणले देशमा शान्ति नभाडियोस ! गणतन्त्र नेपालले निम्त्याएको सिके राउत जस्ता अरू ब्यक्ति नजन्मुन! सालीनता, सद्भाव, सह्रीदयता, मायां र मधेश बाट पहाडी भिर पाखा सम्म
उक्लेर गरेको सेवा सदैव सम्मानजनक र प्रेरणादायी रहिरहुन! मै हुँ, म मात्रै मान्छे हुँ, मेरो मात्रै विचार राम्रो, मेरो मात्रै सोच राम्रो अनि मैले जोसँग जस्तो व्यवहार गरे पनि त्यसले चुपचाप सहनुपर्छ भन्ने मानसिकता जोस जस सग छ त्यो आजै त्याग्न जरूरी छ! यो बेला अगाडी बढ्ने हो। यो देश बनाउने बेला हो। समयले रचनात्मकउर्जा मागेको छ, हामीसबै बाट देशले ! अहिले नगरे कैले गर्ने हामीले नगरे कसले गर्ने::::
फुटेर हैन जुटेर अगाडी बढौ यहीमा सबैको कल्याण हुनेछ !
अविश अधिकारी भीम पोखरा
मिति २०७१/०६/०४
सिके राउत जन्मनुको कारण र गणतन्त्रले जन्माएको सिके राउत- - अविश अधिकारी भिम, पोखरा

0 comments
Write Down Your Responses