यसरी हो नयाँ जिवनको शुरूवात गर्ने , स्वदेशमा विछोड विदेशमा मिलन
मलेसिया, साउन २४ -
कबीरमान तामाङ, वैदेशिक रोजागारीका लागि मलेसिया आएको ५ वर्ष भयो । काठमाडौंमा विवाह गरेर सन्तान सुख पाइसकेका तामाङकी श्रीमती एक वर्षअघि अर्केसँग हिँडिन् ।
सिन्धुपाल्चोकमा सन्तान हुर्काएर बसिरहेकी प्रमा लामाका श्रीमानले काठमाडौंमा बस्दा कान्छी ल्याए । त्यसपछि लामा वैदेशिक रोजगारीका लागि परदेश हानिनुभयो ।
![]() |
कविरमान र प्रमा |
साथीको सहयोगमा नयाँ जीवन
धोकाको विगत

तर तामाङ मलेसिया आएको साढे २ वर्षपछि उहाँहरुको उद्देश्य परिवर्तन भयो । मलेसियामा रहेका तामाङले आफन्तबाट श्रीमतीको नराम्रा बानी व्यहोरका कुराहरु सुन्न थाल्नुभयो । त्यसबारेमा सोधखोज गर्दा मलेसिमा रहेका श्रीमान र काठमाडौंमा रहेकी श्रीमतीबिच विवाद सुरु हुन थाल्यो । ‘साथी भाइले श्रीमतीको नराम्रो कुरा सुनाउन थालेपछि म काठमाडौं पुगें’ विगत सम्झँदै तामाङ भन्नुहुन्छ ‘तर म काठमाडौं जाँदा श्रीमतीलाई भेटिँन, छोरा आमाकोमा छोडेर उ अर्कैसँग हिँडिसकिछ ।’ श्रीमतीको एक यूवासँग सम्बन्ध रहेका र उसैसँग बस्न थालेको सुनेपछि मन खिन्न बनाउँदै उहाँ मलेसिया फर्किएका उहाँ विगत भुलाउँदै हुनुहुन्थ्यो ।
बसे पाटो छ गए बाटो
तामाङसँग विवाह बन्धनमा बाँधिएकी लामाले पाएको धोका पनि तामाङको भन्दा फरक छैन । सिन्धुपाल्चोकमा जन्मिएकी लामाको त्यहीका एक युवासँग विवाह भएको थियो । श्रीमान काठमाडौंमा रोजगारी गर्थे । सुरुका ३ वर्ष घर काठमाडौं गरिरहने श्रीमान पछि घर फर्कनै छाडे । बुझ्दै जाँदा उनले काठमाडौंमा कान्छी ल्याएका रहेछन् । ‘श्रीमानले सौता ल्याएको खबर सुनेपछि म त अकमक्क परे, हातगोडाआफै ललाक लुलुक भए’ विगत सम्झँदै लामाले भन्नुभयो । कर्म नै यस्तै रहेछ के गर्ने सौता खेप्नु पर्यो भनेर मन बुझाउँदै घर सम्हालेर बसिरहेकी लामालाई पछि श्रीमानले अंश दिएर छुट्टै राखे । त्यसबीचमा कान्छी ओमान गई । त्यो बेला श्रीमान आफूसँगै फर्केपनि ओमानबाट सौता फर्केपछि उहाँले श्रीमानको नाक मुख नै देख्न छाड्नुभयो । अंंशमा पाएको गाउँको पाखो बारीले २ छोरीको पढाई लेखाईको भरथेग भएन । सहयोग माग्न जाँदा श्रीमानले ‘बसे पाटो छ गए बाटो छ’ भने गरेको लामा बताउनुहुन्छ ।
त्यसपछि बहिनीहरुको सहयोगमा काठमाडौं आएकी लामाले चिया पसल गरेर जीवन धान्ने प्रयास गर्नुभयो । तर सोचे अनुसार कमाई नभएपछि कुवेत हानिनुभयो । २ वर्षपछि कुवेतबाट फर्किएर केही समय काठमाडौंमा बसेकी उहाँ ३ महिना अघि फेरि मलेसिया पुग्नुभएको हो । जहाँ उहाँले नयाँ जीवन साथी पाउनु भयो ।
भविष्यको योजना सन्तान खुसी राख्ने
लामा र तामाङ भर्खरै विवाह बन्धनमा बाँधिएका भएपनि दुवै जनासँग सन्तान छन् । त्यसैले आफूहरुले अब आफ्ना सन्तानलाई सँगै राख्ने लामा बताउनुहुन्छ । तामाङका छोरा काठमाडौंको होस्टलमा र लामाका २ छोरी बहिनीको घरमा बसेर पढिरहेका छन् । उनीहरुको पढाई नै आफूहरुको प्राथमिकता रहेको बताउने तामाङ मलेसियामा दुवैले कमाएको रकम जम्मा गरेर पछि स्वदेश फर्कने र केही व्यवसाय गरेर बस्ने योजनामा रहेको बताउनुहुन्छ ।
0 comments
Write Down Your Responses