काठमाण्डौको गोठाटारमा हवाई फायर , स्थानियवासी आन्दोलनमा

काठमाडौ साउन २४ –
पशुपति क्षेत्र विकासको कोषको जग्गामा खनिएको खाल्डोमा विहान एक बालिकाको मृत्युपछि गोठाटार गाविसमा तनाव उत्पन्न भएको छ । बालिकाको मृत्युलाई लिएर त्यहाँका स्थानीयवासीले गरेको आन्दोलन दवाउन प्रहरी चार राउण्ड हवाई फायर गरेका छन् । कोषले आफ्नो जग्गाको बालुवा झिक्नका लागि ठेक्का लगाएको थियो । बालुवा झिकेको कारणले भएको खाल्डोमा १२ वर्षीया राजिना श्रेष्ठको डुवेर मृत्यु भएको थियो । बालिको मृत्युले आक्रोशित स्थानीयवासीले ठेक्केदारको बालुखानीस्थित पसलमा आगजानी गरेको वताईएको छ ।

0 comments

Write Down Your Responses