इन्टरनेट बिना नै फेसबुक चलाउन सकिने भयो ।

एजेन्सी
समाचारको शीर्षक पढेर सुरुमा त विश्वास गर्नुभएन होला तर यो वास्तविकता हो । फेसबुकले एउटा यस्तो एपको विकास गरेको छ जसको सहयोगले इन्टरनेट बिना नै फेसबुक चलाउन सकिनेछ । सोसल वेभसाइट कम्पनीले बिहिबार जाम्बियामा ष्लतभचलभतयचन  नामक यो एपको लञ्च गरेको छ । यो एप जाम्बियाका एयरटेल उपभोक्ताहरुलाई फेसबुक र यसको मेसेन्जरसमेत १३ अन्य इन्टरनेट सेवाहरु निशुल्क प्रदान गर्ने बताइएको छ । यसमा विकिपेडिया, गुगल सर्च, मौसम, जागिर र स्वास्थ्य सम्बन्धि सेवाहरु हुनेछन् । यद्यपी इमेल सुविधा भने दिइएको छैन र गुगल सर्चको नतिजाको अर्को चरणमा जानका लागि भने शुल्क लाग्ने बताइएको छ । internet.org को प्रोडक्ट म्यानेजमेन्ट डाइरेक्टर  गे रोजनका अनुसार यो एप एन्ड्रोइडमा मात्र नभई साधारण सुविधा भएको मोबाइलमा पनि काम गर्ने छ । यो सेवालाई छिट्टै अन्य देशमा पनि लागु गरिने उनी बताउँछन् ।

,

0 comments

Write Down Your Responses