हमास-इजरायल युद्दले एक महिना पार गर्यो, पुन: युद्दविराम उलङ्घन
अन्तराष्ट्रिय संचार माध्यामवाट ,
हमास इजरायलविचको युद्द चलेको एक महिना पुरा भएको छ । गत
मंगलवार विहान ८ वजेदेखी शुक्रवार विहान ८ वजेसम्मको लागी इजिप्टको मध्यस्ततामा
दुईपक्षविच मानविय युद्दविरामको सहमती
भएको थियो तर शुक्रवार विहान ४ वजे गाजापट्टीवाट इजरायलमाथी दुईवटा रकेट प्रहार भएपश्चात यसपटकको युद्दविराम पनि उलङ्घन
भएको छ । अन्तराष्ट्रिय पहलमा
यसअघिपनि पटक-पटक युद्दविराम भएको थियो भने युद्दविराम शुरू हुनासाथ उलङ्घन हुने गरेकाले युद्ले चर्को रूप लिदै गएको थियो
।

हमास प्रवक्ताका अनुसार
प्यालेस्टेनी युद्दरत समुहलाई युद्दविराम
मान्य नभएको तर युद्दविरामको लागी इजिप्टको
कायरोमा रहेको टोलीले वार्ता जारी राख्ने वताएका छन् भने इजरायलका एक मंत्री नफ्ताली वेनेटले इजिप्टको
कायरोवाट वार्तामा वसेका प्रतिनिधीमंडललाई
फिर्ता वोलाउने र पुन अप्रेसन प्रोटेक्टिभ एज शुरू गर्ने तथा अप्रेसन प्रोटेक्टिभ
एज अझै अन्त्य नभएको वताएका छन् ।
एक महिनायता इजरायल र
हमासबीच चलेको युद्धमा करिव १९ सय प्यालेष्टियन र
६४ जना इजरायली सैनिकले ज्यान गुमाएका छन् ।
0 comments
Write Down Your Responses