गुलरिया, भाद्र ३ -
बबईको भेल गाउँमा पसेलगत्तै गाउँले गुहार-गुहार भन्दै चिच्याउन थाले। केहीबेरमै गाउँ पुरै जलमग्न भयो। वृद्धवृद्धा र बालबालिकाको बिचल्ली देखेपछि उद्दारका लागि अघि सरे ५० वर्षीय धनबहादुर खत्री। कसैलाई रूख चढाए, कसैलाई घरको छानामा। १५ जनालाई उद्दार गरेका उनले आफ्नै पत्नी र छोरीलाई भने बचाउन सकेनन्। गुलरिया-५ का खत्रीकी पत्नी चुकेन्द्रकुमारी र छोरी मन्सरीलाई बाढीले बगायो, उनीहरू बेपत्ता छन्। चार दिनदेखि उनी भोकप्यास भुलेर प्रहरी, प्रशासन र स्थानीय बासिन्दासँग मिलेर खोजतलासमा छन्। 'घर मात्र होइन, परिवारै बगायो,' खत्रीले भने, 'भौंतारिएको चार दिन भयो, भेटिने संकेत छैन।'
उनी पत्नी र छोरीलाई एउटा रूखमा चढाएर छिमेकीको उद्दारमा निस्केका थिए। तर, उर्लंदो बाढीले पुरै गाउँ समुद्रसरह हुँदा कतिखेर रूख बगायो, उनले पत्तोसमेत पाएनन्। आकाशमा उडिरहेको हेलिकप्टर देख्नलाई मात्र भएको उनले बताए। 'विपत्मा उद्दार गर्न सकेन, गुहार माग्दा पाइएन, रमिता हेर्न उडेझैं आकाशमा देखिने हेलिकप्टरको के काम?'
गाउँमा रूखको सहारा लिएका अन्य चार जनालाई पनि भेलले बगाएको छ।
बलवीर खत्री, मञ्जु खत्री, आइते खत्री र सार्की थरका एक पुरुषलाई बगाएको हो। 'घर बगाए फेरि बनाउँला भन्ने हुन्थ्यो तर जहानै बगाएपछि आकाश खसेझैं भएको छ,' उनले भने, 'दुःखजति एकैपल्ट थाप्लामा आयो।'
डुबानग्रस्त क्षेत्रमा पुग्न अझै कठिनाइ रहेको प्रहरी र प्रशासनिक अधिकारीले बताएका छन्। लगत संकलनका लागि पनि समस्या भएको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताए।
आजको कान्तिपुर दैनिकमा खवर छ ।
भेल पसेपछी गाउमा कोलाहल , आकासमा हेलिकप्टर उडेर के काम , उद्दार गर्न नसकेपछी .............
0 comments
Write Down Your Responses